Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

प्रचण्ड-नेपाल समूह र काँग्रेसका कार्यकर्ताबीच झडप, ७ जना घाइते

प्रचण्ड-नेपाल समूह र काँग्रेसका कार्यकर्ताबीच झडप, ७ जना घाइते


  • 6.5K
    Shares

    प्रचण्ड-नेपाल समूह र काँग्रेसका कार्यकर्ताबीच झडप, ७ जना घाइते
    images

    सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । 

    आइतबार बिहान चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादवले स्थानीय लेथ मेसिन सञ्चालक ७० वर्षीय रामदिनेश साहलाई कुटपिट गरेपछि दोहोरो झडप भएको हो ।

    झडपमा स्थानीय लेथ मेसिन सञ्चालक रामदिनेश साह, चक्रघट्टा गाउँपालिकाका कार्यालय सहयोगी ३५ वर्षीय दिनेश राय, नेकपा कार्यकर्ता स्थानीय रन्जित अधिकारी, जयप्रकाश यादव र नविन यादव घाइते छन् । घाइतेको जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको छ । 

    कांग्रेस कार्यकर्ताहरूले गाउँपालिकाको ना १ झ १७०० नम्बरको जीप, ६ वटा मोटरसाइकल र कार्यालयमा समेत तोडफोड गरेको गाउँपालिकाले जनाएको छ । 

    अहिले घटनास्थलमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेले बताउनुभयो । 

    jjjj.jpg

    चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादव नेकपाका केन्द्रीय सदस्य तथा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर यादवका छोरा हुनुहुन्छ । 

    नेकपाका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि पटक-पटक आक्रमण गरेको कारण गाउँलेले उनीहहरूमाथि प्रतिकार गरेको नेपाली कांग्रेसका नेता कृष्णदेव यादवले बताउनुभयो । नेकपा कार्यकर्ताको कुटाइबाट आफ्ना केही कार्यकर्ता घाइते भएको उहाँको भनाइ छ । 

    प्रकाशित मिति :पौष २६ २०७७ आइतवार - १६:२९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij