Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

विज्ञापन संघले पायो नयाँ नेतृत्व, अध्यक्षमा धिताल महासचिवमा घिमिरे, अरु को-को ?

विज्ञापन संघले पायो नयाँ नेतृत्व, अध्यक्षमा धिताल महासचिवमा घिमिरे, अरु को-को ?


  • 9.9K
    Shares

    विज्ञापन संघले पायो नयाँ नेतृत्व, अध्यक्षमा धिताल  महासचिवमा घिमिरे, अरु को-को ?
    images

    नेपाल विज्ञापन संघ (आन)को २१ औं साधारण सभाले सोम धितालको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा  सम्पन्न संघको साधारण सभाले तीन वर्षका लागि धितालको नेतृत्वका लागि नयाँ कार्यसमिति पनि चयन गरेको हो  ।

    संघको विधानअनुसार बरिष्ठ उपाध्यक्ष सोमप्रसाद धिताल स्वतः अध्यक्ष बनेका छन्  । साधारणसभाले उनलाई निर्विरोध अध्यक्षको घोषणा गरेको हो । महासंघको महासचिवमा फ्युचर हव मिडिया मल्टिप्रपोजका संचालक कृष्णप्रसाद घिमिरे निर्वाचित भएका छन् । घिमिरे यस अघि सचिव रहेका थिए । त्यस्तै संघको बरिष्ठ उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ निर्वाचित भएका छन् । अर्को कार्यकालका लागि श्रेष्ठ अध्यक्ष हुनेछन ।  

    द्धितिय उपाध्यक्षमा पिताम्बर पोखरेल विजयी भएका छन् । प्रथम उपाध्यक्षमा सुदिप थापा निर्बिरोध निर्वाचित भएका छन् भने कोषाध्यक्षका उम्मेदवार पंकज लाल प्रधान पनि निर्बिरोध निर्वाचित भएका हुन् । साधारण सभाले जीवन पोखरेललाई पनि सह कोषाध्यक्षमा निर्बिरोध निर्वाचित गरेको थियो ।

    त्यस्तै सदस्यहरुमा अरुण काजी स्थापित, कृष्णमुरारी लामिछाने, दिनेश पोखरेल, बिधान राजभन्डारी, बिशाल पुरुष ढकाल र साजन श्रेष्ठ निर्वाचित भएका छन् । 

    प्रकाशित मिति :पौष २६ २०७७ आइतवार - १५:१०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij