Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

बैंकमा मुद्दती निक्षेपकाे अंश बढ्यो, ९०% दुई वर्षभन्दा कम अवधिको

बैंकमा मुद्दती निक्षेपकाे अंश बढ्यो, ९०% दुई वर्षभन्दा कम अवधिको


  • 4.8K
    Shares

    बैंकमा मुद्दती निक्षेपकाे अंश बढ्यो, ९०% दुई वर्षभन्दा कम अवधिको
    images

    पछिल्ला महिना बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपकाे अंश बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यसको अर्थ वित्तीय प्रणालीमा केही लामो समयावधिको निक्षेप बढ्नु हो । राष्ट्र बैंकका अनुसार गत पुससम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा मुद्दती निक्षेपको अंश ५४.४ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको पुसको तुलनामा चालु आर्थिक वर्ष मुद्दती निक्षेपकाे अंश ५.२ प्रतिशत विन्दुले बढी हो । २०७७ पुसमा कुल निक्षेपमा मुद्दतीको हिस्सा ४९.२ प्रतिशत मात्र थियो ।

    मुद्दती निक्षेपको अझै करिब ९० प्रतिशत रकम दुई वर्ष भन्दा कम अवधिको रहेकाले त्यसले बैंक तथा वित्तीय संस्थालाई दीर्घकालिन स्रोत व्यवस्थापनमा योगदान पुऱ्याउन नसकेको जानकार बताउँछन् । मुद्दती निक्षेप बढिरहेको भएतापनि २ वर्षभन्दा कम अवधिको निक्षेप अंश करिव ९० प्रतिशत रहेकाले हरेक वर्ष वा त्यो भन्दा कम अवधिको समयमा बैंकहरुलाई निक्षेप नविकरण गर्नुपर्ने दबाबले तरलता तथा ब्याजदरलाई प्रभावित पारिरहेको वित्तीय क्षेत्रका जानकार बिएन घर्तीले बताए ।

    ‘निक्षेपमा बचत तथा चल्ती निक्षेपको अंश बढी भएमा ब्याज खर्च कम हुनाले बैंकले राम्रो आम्दानी गर्न सक्दछ’ उनले भने, ‘कल निक्षेपलाई अस्थिर प्रकृतिको मानिन्छ भने मुद्दती रसिद दीर्घकालीन कर्जा प्रवाहका लागि बलियो स्रोत मानिन्छ । तर, यही मुद्दती निक्षेप छोटो अवधिका लागि लिइएमा नविकरण गर्नुपर्ने दवाब रहन्छ । ’ नविकरण गर्नुपर्ने बेलामा एकले अर्काको निक्षेप खाेस्ने अवस्था पनि सिर्जना हुने उनी बताउँछन् ।

    नेपाली बैंकहरुको निक्षेपमा चल्ती, बचतको अंश घट्दै गइरहेको र मुद्दतीको अंश एक्कासी बढेको देखिन्छ । कल निक्षेपको अंश घटेको भए तापनि त्यो छोटो अवधिको मुद्दतीमा परिवर्तन भएको देखिन्छ । परिणामत: यसले तरलता व्यवस्थापनमा दवाब सिर्जना हुन पुगेको उनको भनाइ छ । ०७८ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्तीको हिस्सा ८.५, बचतको ३०.३ र मुद्दतीको ५४.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमश: ८.५ प्रतिशत, ३३.६ प्रतिशत र ४९.२ प्रतिशत रहेको थियो ।

    चालु आर्थिक वर्ष ६ महिनासम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ३.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ९.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा गत पुससम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १५.५ प्रतिशतले बढेको छ । गत पुससम्ममा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३९.२ प्रतिशत छ । २०७७ पुससम्ममा यस्तो निक्षेपको अंश ४२.५ प्रतिशत थियो । (कान्तिपुर)

    प्रकाशित मिति :फाल्गुण ५ २०७८ बिहिवार - १३:२८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij