२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुखको जिम्मेवारी हेरफेर भएको छ । वाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले कार्यालय प्रमुखको जिम्मेवारी वसन्त अधिकारीलाई दिने निर्णय गरेको छ ।
यसअघि, वाग्मती स्वास्थ्य मन्त्रालयको नीति योजना महशाखा प्रमुख रहेका अधिकारीलाई तत्काललाई भने निमित्त कार्यालय प्रमुखको मात्रै जिम्मेवारी दिइएको छ ।
अहिले काठमाडौंका निमित्त प्रमुख रहेका सागर घिमिरेलाई धादिङ स्वास्थ्य कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, काठमाडौं स्वास्थ्य कार्यालयमा यसअघि प्रमुख रहेका शम्भु काफ्लेलाई स्वास्थ्य निर्देशनालय वाग्मतीको नीति योजना महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij