Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

३० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल निष्काशन गर्दै राष्ट्र बैंक, के हो ट्रेजरी बिल ?

३० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल निष्काशन गर्दै राष्ट्र बैंक, के हो ट्रेजरी बिल ?


  • 3.9K
    Shares

    ३० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल निष्काशन गर्दै राष्ट्र बैंक, के हो ट्रेजरी बिल ?
    images

    नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल निष्काशन गर्ने भएको छ । बैंकले भोलि फागुन ६ गतेदेखि २०७९ असार मसान्तसम्म भुक्तानी हुने गरी उक्त ट्रेजरी बिल निष्काशन गर्न लागेको हो । 

    इच्छुक लगानी कर्ता बैंक तथा वित्तीय संस्था तथा सामूहिक लगानी कर्ताहरूले रित पुर्याएर आज बिहीबार दिउँसो ३ः १५ बजेसम्म बिल खरिदका लागि आवेदन दिन सक्नेछन् । तर काउण्ड पार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिलको परिमाणको मूल्यमा बोलकबोल गर्नुपर्नेछ ।

    काउण्टर पार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिलको परिमाण ५ करोड वा ५ करोडले भाग लाग्ने दरले खरिद आह्वान गरेको रकमसम्म बोलकबोल गर्न सकिने बैंकले जनाएको छ । तर एउटा सिरिजको ट्रेजरी बिलका लागि एउटा मात्र बोलकबोल गर्न पाइनेछ ।

    साँझै खरिद बोलकबोलको रकम बाँडफाँड गर्दा बोल बमोजिमको वार्षिक प्रतिफल दर (यल्ड रेट) गणना गरी सबभन्दा बढी प्रतिफल दर बोल गर्ने काउण्टर पाटीलाई प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड हुनेछ । तर समान वार्षिक प्रतिफल दर भएका बोलपत्रहरुको रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा सो दरको बोल रकमलाई समानुपातिक रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा सो दरको बोल रकमलाई समानुपातिक रुपमा प्रो–रेट बेसिस् मा बाँडफाँड गरिने बैंकले जनाएको छ । 

    के हो ट्रेजरी बिल ?

    मुद्रा बजारको एक प्रमुख उपकरणका रूपमा रहेको ट्रेजरी एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन मुलुकको केन्द्रीय बैंकले प्रयोग गर्ने अल्पकालीन सरकारी  ऋणपत्र हो।  बैंकले प्रमिशरी नोटको रूपमा सर्वप्रथम विसं २०१८ मा वार्षिक एक प्रतिशत ब्याजदरमा रु ७० लाख मूल्यमा ९० दिने ट्रेजरी बिल निष्काशन गरिएको थियो। बोलकबोल प्रक्रियाबाट २०४५ मङ्सिर १० देखि निष्काशन हुँदै आएको यो ऋणपत्र २०४८ पुसदेखि हरेक साता र २०७२ असारदेखि प्रविधिमा आधारित भई अनलाइनमार्फत नियमित जारी हुँदै आएको छ। 

    यस्तो ऋणपत्रलाई परिपक्व हुनुअगाडि रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिन्छ। सर्वसाधारणले यस्ता ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋणसमेत लिन सक्छन्। नेपालमा केन्द्रीय बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमका ट्रेजरी जारी गर्ने गर्दछ।

    प्रकाशित मिति :फाल्गुण ५ २०७८ बिहिवार - ११:३६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij