Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक शेयर लिलामीमा

बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक शेयर लिलामीमा


  • 4.1K
    Shares

    बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक शेयर लिलामीमा
    images

    काठमाडौं । बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक शेयर फागुन ५ गते बिहीवारदेखि लिलामीमा आएको छ । बैंकको स्वामित्वको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर लिलामीमा आएको हो ।

     छिमेक लघुवित्तले ६ लाख ६ हजार १४० कित्ता र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ४९ हजार ८०० कित्ता संस्थापक शेयर चैत ९ गतेसम्मका लागि लिलामीमा ल्याएका हुन । दुबै कम्पनीको यी शेयर सम्बन्धीत कम्पनीको विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउनेछन् । 

    छिमेक लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता रू. ६०० र आरएमडीसी लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता रू. ५४० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यी शेयर खरिदका लागि न्यूनतम २ हजारकित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । दुबै कम्पनीको शेयर विक्री प्रबन्धकमा बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

     

    प्रकाशित मिति :फाल्गुण ५ २०७८ बिहिवार - ११:०९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij