२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । बाराको निजगढ नगरपालिका-१३ भक्तलाल खोलाको बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । तस्करहरुले प्रहरीलाई देख्ने वित्तिकै हवाई फायर गरेको थियो ।
प्रतिकारमा प्रहरी टोलीले चाइनिज पेस्तोलबाट ५ राउन्ड हवाई फायर गरेको थियो । ८-१० जनाको समूहमा रहेका तस्करी मध्ये प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मकवानपुर हेटौंडा उपमहानगरपालिका ६ का ४७ वर्षीय इमानसिंह तामाङ पक्राउ परेका हुन् ।
प्रहरीले उनको साथबाट १ थान भरुवा बन्दुकसमेत बरामद गरेको छ । साथै, घटनास्थलबाट प्रहरीले १०२ किलो लागुऔषध गाँजा पनि बरामद गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij