Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

चार वर्षका लागि राष्ट्र बैंकले १५ अर्बको विकास ऋणपत्र जारी गर्दै

चार वर्षका लागि राष्ट्र बैंकले १५ अर्बको विकास ऋणपत्र जारी गर्दै


  • 4.2K
    Shares

    चार वर्षका लागि राष्ट्र बैंकले १५ अर्बको विकास ऋणपत्र जारी गर्दै
    images

    नेपाल राष्ट्र बैंकले आगामी बुधबार १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले चार वर्ष अवधिका लागि विकास ऋणपत्र २०८२ ‘च’ जारी गर्न लागेको हो ।

    खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट सार्वजनिक गरिने उक्त विकास पत्र खरिदका लागि बैंकले सोमबार एक सूचना गर्दै इच्छुक लगानीकर्ताहरु दरखास्त आह्वान गरेको छ । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले तोकिएको मापदण्ड पुर्याएर विकास पत्र खरिदका लागि दरखास्त दिन सक्नेछन् ।

    चार वर्षका लागि रहने यस विकास पत्र २०७८ फागुन ३ गतेदेखि शुरु भएर २०८२ फागुन ४ गते परिपक्‍व हुने बैंकले जनाएको छ । यस विकास ऋणपत्रको ब्याजदर भने लगानीकर्ताहरूले अर्धवार्षिक अर्थात् ६/६ महिनामा भुक्तानी पाउने बैंकले बताएको छ । 

    कुल १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रमा ८५ प्रतिशत अर्थात १२.७५ अर्ब रुपैयाँ खुल्ला प्रतिस्पर्धाका आधारमा र बाँकी १५ प्रतिशत अर्थात २.२५ अर्ब विना प्रतिस्पर्धामा बिक्री गरिने बैंकले जनाएको छ ।
    यस ऋणपत्र आवश्यक परेको बेला धितोको रुपमा समेत प्रयोग गर्न पाइनेछ ।

    प्रकाशित मिति :फाल्गुण २ २०७८ सोमवार - १४:०३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij