Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

चार वर्षका लागि राष्ट्र बैंकले १५ अर्बको विकास ऋणपत्र जारी गर्दै

चार वर्षका लागि राष्ट्र बैंकले १५ अर्बको विकास ऋणपत्र जारी गर्दै


  • 4.4K
    Shares

    चार वर्षका लागि राष्ट्र बैंकले १५ अर्बको विकास ऋणपत्र जारी गर्दै

    नेपाल राष्ट्र बैंकले आगामी बुधबार १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले चार वर्ष अवधिका लागि विकास ऋणपत्र २०८२ ‘च’ जारी गर्न लागेको हो ।

    खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट सार्वजनिक गरिने उक्त विकास पत्र खरिदका लागि बैंकले सोमबार एक सूचना गर्दै इच्छुक लगानीकर्ताहरु दरखास्त आह्वान गरेको छ । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले तोकिएको मापदण्ड पुर्याएर विकास पत्र खरिदका लागि दरखास्त दिन सक्नेछन् ।

    चार वर्षका लागि रहने यस विकास पत्र २०७८ फागुन ३ गतेदेखि शुरु भएर २०८२ फागुन ४ गते परिपक्‍व हुने बैंकले जनाएको छ । यस विकास ऋणपत्रको ब्याजदर भने लगानीकर्ताहरूले अर्धवार्षिक अर्थात् ६/६ महिनामा भुक्तानी पाउने बैंकले बताएको छ । 

    कुल १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रमा ८५ प्रतिशत अर्थात १२.७५ अर्ब रुपैयाँ खुल्ला प्रतिस्पर्धाका आधारमा र बाँकी १५ प्रतिशत अर्थात २.२५ अर्ब विना प्रतिस्पर्धामा बिक्री गरिने बैंकले जनाएको छ ।
    यस ऋणपत्र आवश्यक परेको बेला धितोको रुपमा समेत प्रयोग गर्न पाइनेछ ।

    प्रकाशित मिति :फाल्गुण २ २०७८ सोमवार - १४:०३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij