Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

वाणिज्य बैंकहरुले फागुन देखि ब्याज बढाउने, कसले दियो दबाव ?

वाणिज्य बैंकहरुले फागुन देखि ब्याज बढाउने, कसले दियो दबाव ?


  • 9.3K
    Shares

    वाणिज्य बैंकहरुले फागुन देखि ब्याज बढाउने, कसले दियो दबाव ?
    images

     वाणिज्य बैंकका सीइओहरुबीच ब्याजदर बढाउने सहमति भएको छ । छाता संगठन नेपाल बैंकर्स संघको सम्पन्न बैठकले यसअघिको भद्र सहमतिको सीमाभित्रै रहनुपर्ने आवश्यकता नरहेको उल्लेख गर्दै ब्याजदर बढाउने स्वतन्त्रता सम्बन्धित संस्थालाई नै हुने निर्णय गरेको हो । 

    एनबीएको बैठकले यसअघि मुद्धति निक्षेपको ब्याजदर १०.५ प्रतिशतभन्दा बढी नबढाउने भद्र सहमति खारेज गर्दै दर खुल्ला गर्ने निर्णय गरेको हो । 

    एनबीएको बैठकपछि वाणिज्य बैंकका सीइओहरुलाई पठाइएको एसएमएसमा भनिएको छ–‘नियामकीय व्यवस्थाअनुसार व्यक्तिगत मुद्धति निक्षेपको अधिकतम ब्याजदर ११.०३ प्रतिशत तथा संस्थागत मुद्धतिको १०.०३ प्रतिशत कायम गर्नुपर्नेछ । बचतको ब्याजदर व्यक्तिगत मुद्दतिको भन्दा ५ प्रतिशतले कम कायम गर्न सकिनेछ । कल निक्षेपको ब्याजदर ३.०१५ प्रतिशत कायम गरिएको छ ।’ 

    एनबीएले नेपाल राष्ट्रबैंकको सर्कुलर समेत उल्लेख गरेर अघिल्लो महिनाको रेटभन्दा १० प्रतिशतले मात्र बढाएर नयाँ रेट सार्वजनिक गर्न पाउने व्यवस्था रहेको उल्लेख गर्दै सोही व्यवस्थाअनुसार नयाँ दर तय गरिएको समेत प्रष्ट पारिएको छ । 

    प्रकाशित मिति :माघ २८ २०७८ शुक्रवार - १६:३५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij