Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

जसपा फुटको संघारमा, अर्को पार्टी गठन गर्ने तयारीमा भट्टराई

जसपा फुटको संघारमा, अर्को पार्टी गठन गर्ने तयारीमा भट्टराई


  • 4.3K
    Shares

    जसपा फुटको संघारमा, अर्को पार्टी गठन गर्ने तयारीमा भट्टराई

    काठमाडौँ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच द्वन्द्व चर्को बनेपछि जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । यादवमाथि एकलौटी ढंगले काम गरेको आरोप लगाउँदै आएको भट्टराई पक्ष पार्टीमा सकेसम्म ५१ प्रतिशत पुर्‍याउने, नभए अर्को पार्टी गठन गर्ने तयारीमा जुटेको छ । 

    अध्यक्ष यादवलाई अन्तिम दबाबका रूपमा तत्काल केन्द्रीय समिति बैठक बोलाउन आग्रह गरिएको, त्यो नमाने बहुमत सदस्यको अधिकार प्रयोग गरेर बैठक बस्ने तयारी रहेको भट्टराई पक्षीय एक नेताले बताए । ‘सकेसम्म ५१ प्रतिशत पुर्‍याएर जसपा कब्जा गर्ने हो,’ ती नेताले भने, ‘त्यो नभए अर्को पार्टी गठन हुन्छ ।’ ती नेताले पार्टी विभाजनपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग एकताको प्रयास हुने पनि जानकारी दिए । ‘भट्टराईजी र लोसपाका नेताबीच छलफल र भेटघाट भइरहेको छ,’ उनले भने ।

    जसपामा दुई पक्षबीच पहिलेदेखि नै तिक्तता रहे पनि राष्ट्रिय सभा निर्वाचनमा प्रदेश १ का हेमराज राई पराजित भएपछि भट्टराई पक्ष झन् ैचिढिएको भएको हो । राईलाई यादव पक्षले मत नदिएको भट्टराई पक्षको दाबी छ । यादवले पार्टी निर्णयबिना प्रदेश २ को राष्ट्रिय सभा निर्वाचनमा मोहम्मद खालिद सिद्धिकीलाई टिकट दिएको पनि भट्टराई पक्षको आरोप छ । भट्टराई पक्षका एक केन्द्रीय सदस्यले एक साताभित्र केन्द्रीय समिति बैठक नभए बहुमतका आधारमा पार्टीको नेतृत्व भट्टराईले गर्ने दाबी गरे ।

    जसपाका केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले यादवको कार्यशैली ‘तानाशाही प्रवृत्ति’ को भएकाले मान्य नहुने बताए । उनले पार्टीभित्र सामूहिक नेतृत्वको मुद्दा उठेको जानकारी दिए । ‘पार्टीमा तीन अध्यक्ष व्यवस्था गर्नुपर्ने र त्यसमा क्लस्टरअनुसार आदिवासी,

    खस आर्य र मधेसीलाई समेट्नुपर्ने माग छ,’ उनले भने । यादव पक्षले भने तीन ‘क्लस्टर’ भित्रै धेरै क्लस्टर भएकाले तीन अध्यक्ष रहने प्रणालीमा जान नहुने तर्क गरेको छ । ‘सामूहिक नेतृत्व प्रणाली असफल भइसक्यो,’ यादव पक्षका एक नेताले भने । नेता राईले पार्टीको विधानमै एउटा संघीय परिषद् अध्यक्ष र दुईवटा कार्यकारी अध्यक्ष पद रहेकाले तिनलाई कायम गर्नुपर्ने बताए । ‘यसमा खासगरी उपेन्द्र यादवले चासो देखाउनु भएन,’ उनले भने, ‘अन्तिमसम्म प्रयास गर्छौं । सकेसम्म मिलाउने नै हो ।’

    यादव पक्षधर नेता रामसहायप्रसाद यादवले आवश्यकताअनुसार बैठक बस्ने उल्लेख गर्दै अहिले जरुरी नभएर केन्द्रीय समिति बैठक नबोलाइएको बताए । ‘पार्टीमा कुनै पनि किसिमको विवाद र मनमुटाव छैन,’ उनले भने, ‘कसैले बैठक बस्ने पनि भनेका छैनन्, अध्यक्षज्यूले कसरी बैठक राख्ने ?’

    यादव नेतृत्वको संघीय समाजवादी पार्टी र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच २०७६ वैशाखमा एकीकरण भएर समाजवादी पार्टी बनेको थियो । समाजवादी र राष्ट्रिय जनता पार्टीबीच २०७७ वैशाख १० मा एकीकरण भएर जसपा बनेको हो । जसपाबाट पाँच महिनाअघि महन्थ ठाकुर नेतृत्वको समूह अलग भइसकेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

    प्रकाशित मिति :माघ २६ २०७८ बुधवार - ०९:५७:५४ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij