Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

यसकारण श्रीपञ्चमीकै दिनमा गराइन्छ अक्षरारम्भ?

यसकारण श्रीपञ्चमीकै दिनमा गराइन्छ अक्षरारम्भ?


  • 6.5K
    Shares

    यसकारण श्रीपञ्चमीकै दिनमा गराइन्छ अक्षरारम्भ?
    images

    माघ शुक्ल पञ्चमी अर्थात श्रीपञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर श्रीपञ्चमी मनाइँन्छ। श्रीपञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने विश्वास रहेको छ।

    त्यहि विश्वासका कारण पनि देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गरेको छ। सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि स्फूरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइने धार्मिक विश्वास छ । विद्यालय नपठाइएका साना बालबालिकालाई श्रीपञ्चमीकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ। सो दिन दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ।

    अक्षरारम्भ गर्दा पहिले सिद्धिवुद्धिदाता गणेशजीको पुजा गराइन्छ, त्यसपतछ सरस्वती देवी र वेदव्यास जो हिन्दु वाङ्मय जगत गुरुको रुपमा लिइन्छ।

    मूलतः विद्याकी देवी सरस्वतीको आराधना गर्ने दिन पनि हो । खासगरी यस दिनबाट शिक्षारम्भका लागि यो दिन उत्तम मानिन्छ । आफ्ना बालबालिकाले सधैंभरि राम्रो पढ्न सकून् भन्ने कामना गर्दै अधिकांश अभिभावकले पनि यसै दिन आफ्ना नानीबाबुलाई स्कुल भर्ना गर्छन्, अक्षर लेखाउँछन् र चिनाउँछन् । यसमा विद्या, श्रम, सीप, कला, कौशल तथा उद्यमशीलताको मौलिक रूप र स्रोत सरस्वतीको जन्मजयन्तीको पावन अवसर एवं पर्व हो श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी ।

    मूलतः हिन्दू धर्म र संस्कृतिअनुसार वर्षेनी अनेकौं देवी देवताहरुको पुजाआजा बन्दना गर्दै उत्सव पर्वहरु मनाउने गरिन्छ। ती अनेकौं पर्व उत्सवमध्ये माघ शुक्ल पञ्चमीको दिनलाई श्रीपञ्चमी पर्वको रुपमा मनाउँदै वाणीको देवी सरस्वतीलाई विशेष रुपले पुजा–अर्चना गर्ने गर्दछन्। सरस्वती ब्रम्हाकी छोरी हुन् । तर स्वयम् ब्रम्हाले पनि सरस्वतीको स्मृति गरेको कुरा पनि ग्रन्थमा उल्लेख छ।

    सरस्वतीको रुप र प्रकृतिको बारेमा ग्रन्थमा वर्णन गरिएअनुसार सेतो कमलासनमा विराजमान भएकी, सेता बस्त्र धारण गरेकी, चार हात भएकी, दाहिने हातमा अक्षमाला र बायाँ हातमा वीण धारण गरेकी र हाँसमा चढेकी सरस्वतीको प्रतीकस्वरुप पुस्तक, कमल, वीणा, आदिको पुजा गर्नाले ज्ञान र कलामा पारंगत हुन सकिन्छ भन्ने जनविश्वास छ।

    यही विश्वासका साथ धेरै विद्यालयहरुले निःशुल्क भर्ना गराउने, अक्षरारम्भ गराउने कार्यक्रम अघि ल्याएका छन्।

    प्रकाशित मिति :माघ २३ २०७८ आइतवार - ०८:१२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij