२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । सलमान खान होस्ट रहेको बिग बोसको १५ सिजन तेजस्वी प्रकाशले जितेकी छिन्। उनीसँगका प्रतिप्रर्धी करण कुन्द्रा र प्रतीक सहजपाललाई पछाडि पार्दै बिग बोस १५को ट्रफी उचाल्न सफल रहेकी हुन्। ट्रफीका साथै निर्माताको तर्फबाट प्राइजमनी चालिस लाख भारतीय रुपैया पनि पाएकी छिन।
तेजस्बी प्रकाशले जुनदिनदेखि बिग बोसमा प्रतिस्पर्धी भइन् त्यसैदिन देखि विजेता बन्ने लक्षणहरु देखिएका थिए। कलर्स टिभी शो 'स्वरागिनी' बाट उनले काँचको दुनिया प्रवेश गरेकी थिइन्। यसपछि ‘खतरों के खेलाडी- सिजन १०’ बाट आफ्नो पहिचान स्थापित गर्न सफल भएकी थिईन्।
तर विजेता बन्न सकिनन्। तर निर्देशक रोहित शेट्टी उनीबाट प्रभावित भएर एक मराठी फिल्ममा तेजस्बीलाई मुख्य भूमिका गर्ने अवसर दिएका थिए। खतरों के खेलाडीको सिजन १० पछि उनले विग बोसमा भाग लिएकी थिईन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij