Logo

२०७९ जेठ ७ गते शनिवार

images

डिजिटल बिहेको लहर: भारतमा पहिलोपटक ‘मेटाभर्स’ मार्फत् यसरी गरिँदैछ विवाह

डिजिटल बिहेको लहर: भारतमा पहिलोपटक ‘मेटाभर्स’ मार्फत् यसरी गरिँदैछ विवाह

खबर सेन्टर

१३ माघ २०७८
  • 2.6K
    SHARES
  • images
    images
    डिजिटल बिहेको लहर: भारतमा पहिलोपटक ‘मेटाभर्स’ मार्फत् यसरी गरिँदैछ विवाह
    images

    यसअघि फेसबुकले भविष्यको प्रविधि नाम दिइ ‘मेटाभर्स’ मा केन्द्रित रहनकै लागि कम्पनीको नाम नै ‘मेटा’ घोषित गरेको थियो । त्यसै समयदेखि चर्चामा आएको मेटाभर्सले विस्तारै हाम्रो समाजमा पनि स्थान लिँदैछ । 

    images
    images
    images

    कोभिड–१९ का कारण यतिबेला भारतमा ठूलो स्तरका परम्परागत विवाह रद्द गराउनुपर्ने अवस्था छ । त्यसैले तामिलनाडूको एक जोडीले कुनैपनि कोभिड मापदण्डबाट प्रभावित नहुने विवाहको समारोह स्थल पत्ता लगाएको छ : मेटाभर्स । यसमा जति ठूलो सङ्ख्यामा भएपनि सबै अतिथिहरु सहभागी हुन पाउनेछन् । 

    मेटाभर्स भनेको भर्चुअल वातावरणलाई थ्रीडीमा प्रस्तुत गर्नु हो जसमा प्रयोगकर्ताहरु भर्चुअल दुनियाँमा भेला हुन र कुराकानी गर्न पनि सक्छन् । यसमा प्रत्येक व्यक्तिको आफू जस्तै देखिने डिजिटल अभतार हुन्छ । 

    हुला दिनेश शिवकुमार र जनगननन्दिनी रमास्वामीले अर्को महिना विवाहको रिसेप्सन कार्यक्रममा भर्चुअल रुपमा २ हजार अतिथिलाई निम्ता गरेका छन् । व्यक्तिगत रुपमा उनीहरुको प्रदेशमा सय जना भन्दा बढीलाई भेला हुन निषेध गरिएको छ । 

    त्यसैले पनि यो जोडीले यसरी भर्चुअल रुपमा विवाह गर्न लागेको हो त्योपनि विश्वचर्चित फिल्म ‘ह्यारीपोर्टर’ को शैलीमा । 

    यसमा सम्पूर्ण अतिथिहरु आफ्नो फोन, ट्याब्लेट या ल्यापटप मार्फत समारोहमा उपस्थित हुनेछन् । दिनेश भन्छन्, “महामारीका कारण व्यक्तिगत रुपमा उपस्थित भइ ठूलो समारोह गर्न सम्भव भएन । त्यसैले हामीले मेटाभर्स बनाएर यसो गर्ने निर्णय लियौँ । 
    २४ वर्षीय दिनेश क्रिप्टोकरेन्सीमा पनि रुची राख्छन् । यस्तोमा उनले स्टार्टअप प्लेटफर्म टार्डीभर्ससँग सहकार्य गरेर आफ्नो विवाह गर्ने स्थलमा हेरीपोर्टर शैलीको महल निर्माण गरेका हुन् । 

    यसमा औपचारिक समारोह चाहिँ नजिकी केही साथी र आफन्तबीच गाउँमै हुने बताइएको छ । 

    यो डिजिटल रिसेप्सनका लागि पनि उनीहरुले १ लाख ५० हजार भारतीय रुपैँया खर्च गर्ने भएका छन् । आयोजना गर्न र सबै अतिथिहरुको अभतार निर्माण गर्न, पहिरनहरु बनाउन यति खर्च लाग्ने बताइएको छ । 

    यतिमात्र नभएर यसमा दिनेशका स्वर्गीय पितालाई पनि सहभागी गराउने उनीहरुले बताए । 

    पद्मावती भन्छिन्, “मेरा ससुरा बुवा गत अप्रिलमा बित्नुभएको थियो । यसैकारण हामीले उनीजस्तै देखिने थ्रीडी अभतार पनि बनाएका छौँ । उहाँले हामीलाई आर्शिवाद दिनुहुनेछ । यो भनेको मेटाभर्समा मात्र सम्भव कुरा हो । ”

    यो यस किसिमको भारतकै पहिलो समारोह हुनेछ । दुवै जोडीले आफ्ना अभिभावकसँग पनि यो अनौठो समारोहका लागि स्वीकृति लिइसकेका छन् । (सीएनएन )

    images
    प्रकाशित मिति :माघ १३ २०७८ बिहिवार - १२:३५:४६ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार