Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

दुनियाँका सबैभन्दा महान ज्योतिषको भविष्यवाणी: २०२२ मा हुनेछन् यस्ता ठूला घटनाहरु!

दुनियाँका सबैभन्दा महान ज्योतिषको भविष्यवाणी: २०२२ मा हुनेछन् यस्ता ठूला घटनाहरु!


  • 4.3K
    Shares

    दुनियाँका सबैभन्दा महान ज्योतिषको भविष्यवाणी: २०२२ मा हुनेछन् यस्ता ठूला घटनाहरु!
    images

    दुनियाँका सबैभन्दा महान् भविष्यवक्ता नास्त्रेदमसले २०२२ मा पनि केही ठूला घटनाहरु हुने भविष्यवाणी गरेका छन्।

    फ्रान्सेली ज्योतिष नास्त्रेदमसको ६ हजार ३३८ भविष्यवाणीले संसारको अन्त्य कहिले र कसरी हुन्छ भन्नेबारे बताएको छ। नास्त्रेदमसको भविष्यवाणीमा हिटलरको शासन, दोस्रो विश्य युद्ध, ९–११ आतंकवादी हमला , फ्रान्स क्रान्ति र परमाणु हतियारको विकासजस्ता घटनाहरुको वर्णन गरिएको छ। उनका ७० प्रतिशतभन्दा बढी भविष्यवाणीहरु सत्य साबित भएका छन्।

    उनको निधन जुलाई २ १५६६ मा भएको थियो। तर उनका भविष्यवाणीहरु आज पनि मानिसहरुको मनमा जिउँदो रहेको छ।

    नास्त्रेदमसको भविष्यवाणीम साल २०२२ मा दुनियाँका सबैभन्दा प्रभावशाली र शक्तिशाली व्यक्तिको निधन हुने उल्लेख गरिएको छ। सेन्चुरियाको १४ औं चर्तुर्थांसमा उनले लेखेका छन्, ‘एक शक्तिशाली व्यीक्तको अचानक मृत्युपछि परिवर्तन आउनेछ र देशमा नयाँ अनुहार अउदाएर सामने आउनेछ।’

    उनको भविष्यवाणीमा विश्वास गर्नेहरु त्यसलाई फरकफरक तरिकाले व्याख्या गर्छन्। यस्ता व्याख्याहरु कहिले सही हुन्छन् त कहिले गलत।

    सन् २०२२ मा जापानमा शक्तिशाली भूकम्प जाने भविष्यवाणी उनले गरेका छन्। उक्त भूकम्पमा भयानक क्षति हुने उनले सेन्चुरियाको आइआइआइ को तेस्रो चतुर्थांसमा उल्लेख गरेका छन्।

    नास्त्रेदमसले यस वर्ष युरोपमा युद्धहरु हुने भविष्यवाणी गरेका छन्। यसको लक्षण अहिले नै देखिइसकेको पनि व्याख्या गरिँदै आएको छ।
    प्रवासीहरुको संकट उनले गरेको अर्को भविष्यवाणी हो। विश्वमा हुने तनावका कारण प्रवासी संकट झन् गहिरो हुने उनले अनुमान गरेका थिए।

    त्यस्तै यस वर्ष युरोपियन संघको पतन हुने पनि नास्त्रेदमसले भविष्यवाणी गरेका छन्। साल २०२१ का लागि उनले खास भविष्यवाणी गरेका छन्। यस वर्ष एक प्रकारको धूमकेतु पृथ्वीसँग ठोक्किने उनको अनुमान छ। तर नासाले यसलाई ठूलो चिन्ताको विषय नभएको बताउँदै आएको छ।

    उनले गरेको भविष्यवाणीमध्ये आर्टिफिसियल इन्टेलिजेन्सबारे धेरै कुरा मिलेको पाइएको छ। उनले यसै वर्षदेखि मानव जातिमाथि रोबट हाबी हुने आशंका व्यक्त गरेका थिए।

    प्रकाशित मिति :माघ १२ २०७८ बुधवार - १४:४९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij