Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

शरीर घटाएर अभिनयमा फर्किने तयारीमा प्रियंका

शरीर घटाएर अभिनयमा फर्किने तयारीमा प्रियंका


  • 4.0K
    Shares

    शरीर घटाएर अभिनयमा फर्किने तयारीमा प्रियंका

    एक वर्षअघिसम्म अभिनेत्री प्रियंका कार्कीको सिने बजारमा राम्रै चर्चा थियो। केही वर्ष उद्योगमा नम्बर वान नायिकाको स्थान बनाएकी प्रियंकाले गर्भवती भएपछि काम गर्न पाएकी छैनन्। 

    गर्भवास्थामा फिल्ममा काम नगरे पनि उनी चर्चाको केन्द्रमा भने रहिरहिन्। गर्भावस्थालाई लिएर उनको गरेको सेलिब्रेट, फुटोसुट र भनाइका कारण प्रियंकाले मिडियामा ठाउँ बनाइरहिन्। 

    तर, छोरी जन्माएपछि उनको चर्चा सेलाएको छ। प्रियंकाको नाममा समाचार आउन बन्द भएका छन्। उनी छोरी हुर्काउन ब्यस्त देखिन्छिन्। अब भने प्रियंकाले छोरी छोडेर घर बाहिर निस्कने योजना बनाएकी छिन्। 

    चलचित्र तथा म्यूजिक भिडियोकी ब्यस्त नायिका प्रियंका पुरानै लय समात्ने कसरतमा छिन्।काममा फर्किन अहिले उनी आफ्नो शरीरको तौल घटाइरहेकी छिन्। उनले ९४ केजीबाट ७८ केजी तौल बनाएकी छन्। 

    उनले अभिनयमा फर्किनकै लागि आफ्नो शरीरको पुरानो सेप फर्काउने कसरत गरिरहेको बताएकी छिन्।

    प्रकाशित मिति :माघ ९ २०७८ आइतवार - १३:५१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij