Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

राष्ट्रियसभाको अर्को बैठक भोलि दिउँसो १ बजे

राष्ट्रियसभाको अर्को बैठक भोलि दिउँसो १ बजे


  • 12.9K
    Shares

    राष्ट्रियसभाको अर्को बैठक भोलि दिउँसो १ बजे

    काठमाडौं । राष्ट्रियसभाको हिउँदे अधिवेशनको तेस्रो बैठक भोलि (शुक्रबार) दिउँसो १ बजे बस्ने  संसद सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गरियो ।  

    त्यस्तै आजको बैठकमा नेकपाका उपाध्यक्षसमेत रहेका वामदेव गौतम, खिमलाल भट्टराई, राम लखन चमार, शेरबहादुर कुँवर, कांग्रेस रमेशजंग रायमाझी, प्रकाश पन्थ, अनिता देवकोटा, जनता समाजवादीका शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादवले आफ्नो धारणा राखेका थिए।

    त्यस्तै राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनीत भएका रामनारायण बिडारी र बिमला राई पौड्यालले पनि आफ्नो धारणा राखेका थिए । राष्ट्रियसभामा बोल्ने अधिकांश सदस्यहरुले संसद विघटनको विषयमा धारणा राखेका थिए । 

    प्रकाशित मिति :पौष २३ २०७७ बिहिवार - १५:३७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij