Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

घट्यो पीसीआर परीक्षण शुल्क, कहाँ गर्दा कति लाग्छ ?

घट्यो पीसीआर परीक्षण शुल्क, कहाँ गर्दा कति लाग्छ ?


  • 3.3K
    Shares

    घट्यो पीसीआर परीक्षण शुल्क, कहाँ गर्दा कति लाग्छ ?

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ परीक्षण गर्दा लाग्ने आरटी पीसीआरको शुल्क घटाएको छ । निजी अस्पताल सञ्चालकहरुको संगठन (अफिन) का वरिष्ठ उपाध्यक्ष एवं अल्का अस्पतालका अध्यक्ष कुमार थापाले शुल्क घटाएसँगै हिजो बुधबारबाटै कार्यान्वयनमा आइसकेको स्पष्ट पारे।

    यो निर्णय आगामी दुई महिनासम्म मात्र लागू गर्ने सहमति भएको थापाको भनाइ थियो । उनले भने– ‘हामीले दुई महिनापछि पुनर्विचार गर्ने गरी सहमति गरेका हौं, मन्त्रालयले सोहीअनुसार निर्णय गर्नेछ ।’ सोमबार स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा गठित समितिसँग वार्ता भएपछि समितिले मंगलबार सहमति गरेर लागू गरेको हो । पीसीआर शुल्क बढी लिएको सर्वत्र विरोध भएपछि मन्त्रालयले शुल्क घटाउन समिति गठन गरेको थियो । समितिको पहिलो बैठकबाटै शुःल्क घटाउने निर्णय गरेको हो ।

    सरकारीमा पीसीआर गर्दा २ सय र निजीमा ५ सय रुपियाँ घटाइएको छ । मूल्य घटाएसँगै बुधबारबाट सरकारी प्रयोगशालामा ८ सय रुपियाँ र निजी प्रयोगशालामा १ हजार ५ सय रुपियाँमा पीसीआर परीक्षण शुरू गरिएको थापाको भनाइ थियो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ । 

    प्रकाशित मिति :माघ ६ २०७८ बिहिवार - ०९:५६:५९ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij