२०८२ भाद्र १९ गते बिहिवार
काठमाडौं । महानगरीय प्रहरी वृत्त, थानकोटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक गायत्रीराज शर्मालाई निलम्बन गरिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसमा गृह मन्त्रालयले शर्मालाई निलम्बन गरेको हो ।
सेवाग्राहीसग १५ हजार रुपैयाँ घुष लिएको अभियोगमा उनलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले निलम्बित गरेको हो । मुद्धा शाखामा कार्यरत निरिक्षक शर्माले सेवाग्राहीको काम गर्न भन्दै १५ हजार रुपैयाँ लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी आशोक सिंहले जानकारी दिए।
कलंकीमा भएको एक दुर्घटनामा अनुसन्धान प्रतिवेदन ढिला बुझाएर नियमित प्रक्रियालाई लम्ब्याएको अभियोग शर्मामाथि छ । त्यसवापत उनले हिरासतमा रहेका व्यक्तिका निकटस्थसँग रकम लिएको आरोप लगाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij