Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कोरोनाको समयमा स्वास्थ्यकर्मीको मनोबल बढाउन राष्ट्रिय स्वास्थ्यकर्मी संघको १३ बुँदे माग

कोरोनाको समयमा स्वास्थ्यकर्मीको मनोबल बढाउन राष्ट्रिय स्वास्थ्यकर्मी संघको १३ बुँदे माग


  • 5.6K
    Shares

    • images
    कोरोनाको समयमा स्वास्थ्यकर्मीको मनोबल बढाउन राष्ट्रिय स्वास्थ्यकर्मी संघको १३ बुँदे माग
    images

    राष्ट्रिय स्वास्थ्यकर्मी संघले कोरोनाको समयमा स्वास्थ्यकर्मीको मनोबल बढाउन १३ बुँदे माग अघि सारेको छ। संघले अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा संक्रमित भएका स्वास्थ्यकर्मीहरुका लागि व्यवस्थित आइसोलेसनको व्यवस्था गर्नुपर्ने,संक्रमित स्वास्थ्यकर्मीहरुको निशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने, स्वास्थ्यकर्मीहरुको यथासिघ्र वीमाको व्यवस्था गर्नुपर्ने लगाएतका माग अघि सारेको छ। 

    अध्यक्ष राम बहादुर चन्दद्वारा जारी  विज्ञप्तिमा नेपाल सरकारले कोभिड-१९ महामारीमा खटिने स्वास्व्यकर्मीहरुलाई दिने भनिएको जोखिम भत्ता हाल सम्म पनि पुरा नदिएकाले तुरुन्त दिन पनि माग गरिएको छ।

    यस्ता छन् संघका मागहरु 
    अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा संक्रमित भएका सवै स्वास्थ्यकर्मीहरुका लागि व्यवस्थित आइसोलेसन को व्यवस्था गरियोस।
    संक्रमित स्वास्थ्यकर्मीहरुको निशुल्क औषधि उपचारको व्यवस्था गरियोस।
    - स्वास्थ्यकर्मीहरुको यथासिघ्र वीमाको व्यवस्था गरियोस।
    नेपाल सरकारले कोभिड १९ महामारीमा खटिने स्वास्थ्यकर्मीहरुलाई दिने भनिएको जोखिम भत्ता हाल सम्म पनि पुरा नदिएकाले तुरुन्त दिईने व्यवस्था गरियोस।
    - स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा र खोप सेवा प्रदान गर्न खटिने स्वास्थ्यकर्मीहरुलाई प्रयाप्त स्वास्थ्य सुरक्षा व्यवस्था र निशुल्क पिसीआर व्यवस्था गरियोस्।
    - खौप केन्द्रहरुमा देखिएको भिडभाड नियन्त्रण गर्ने काम स्वास्थ्यकर्मीको नभएकाले भिड नियन्त्रणको लागिप्रयाप्त स्वयमसेवक र सुरक्षाकर्मी परिचालन गरि भिड नियन्त्रण गरियोस।
    खोप वा अन्य स्वास्थ्य सेवा प्रदान गर्दा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुमा हुने भिडभाड, तोडफोड र  हातपात गर्नेहरुलाई तुरुन्तै कारबाही संगै क्षतिपु्तिको व्यवस्था होस।
    करारमा भएका स्वास्थ्यकर्मीहरुको म्याद थप  गरियोस।
    जनस्वास्थ्यका मापदण्ड अपनाउने कार्यमा कडाईका साथ लागु गरियोस।

    271764428_1262045097539043_658046930358041682_n.png

    प्रकाशित मिति :माघ ३ २०७८ सोमवार - १३:५७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij