Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

स्वस्थानी व्रतको पहिलो दिन : शालिनदीमा बिहानैबाट बर्तालुको घुइँचो

स्वस्थानी व्रतको पहिलो दिन : शालिनदीमा बिहानैबाट बर्तालुको घुइँचो


  • 3.7K
    Shares

    स्वस्थानी व्रतको पहिलो दिन : शालिनदीमा बिहानैबाट बर्तालुको घुइँचो
    images

    काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ। स्वस्थानी व्रतको पहिलो दिन साँखुस्थित शालिनदीमा वर्तालुको घुइँचो लागेको छ। यसपटक कोरोना संक्रमण फैलन नदिन वर्तालुहरुले स्वास्थ्य सावधानी अपनाएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ।

    समितिका अनुसार यसपटक नित्य पूजाआजा एवं धार्मिक विधि मात्र पूरा गरेर माधव नारायणको व्रत बस्ने व्यवस्था मिलाएको जनाएको छ। यसैगरी व्रतालुसँग पूर्ण खोप लगाइएको कार्डको प्रति लिएर निमोनिया भए/नभएको यकिन गर्न एक्स–रे लिने व्यवस्थासमेत गरेको बताइएको छ।

    पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ। बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ। 

    download.jpgsalinadi.jpg

    प्रकाशित मिति :माघ ३ २०७८ सोमवार - ११:३२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij