२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ । काठमाडौं महानगरपालिका-३१ मिलन चोकबाट ५ तोला सुनका विभिन्न गहना र नगद ६ हजार रूपैयाँ गरेर करिब ४ लाख ९६ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।
सोही महानगरपालिका शान्तिनगर घर भएका ३९ वर्षीय बिजय लामाको कोठाबाट कोही नभएको अवस्थामा चोरी भएको प्रहरीले जनाएको छ।
चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij