२०८२ माघ ७ गते बुधवार
इराकको बगदादमा एक जोडीको निकै कम समयमा डिभोर्स भएको छ। गल्फ न्युजले उल्लेख गरेअनुसार विवाहमा बेहुली ‘उत्तेजक’ सिरियाली गीतमा नाचेको भन्दै बेहुलाले तत्कालै डिभोर्स दिएका हुन्।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार बेहुली ‘मेसायतारा’ गीतमा नाचेकी थिइन्। यसको अर्थ ‘म तिमीलाई नियन्त्रणमा राख्छु’ भन्ने हुन्छ।
गीतको यो बोलले बेहुलालाई यति चित्त दुख्यो कि उनले तत्कालै डिभोर्सको निर्णय गरे। समाचारमा उल्लेख गरिएअनुसार बेहुलीले मेसायतारा गीतमा नाच्नु बेहुला र उसको परिवारलाई भड्किलो लागेको थियो।
यसबाट उनीहरु खुसी थिएनन्। यस विषयमा बेहुला र बेहुलीबीच बहस पनि भएको थियो। त्यसपछि बेहुलाले तत्कालै बेहुलीलाई डिभोर्स दिए। यो गीत लामिस कानले गाएका थिए।
गीतकै कारण नवविवाहित जोडीको डिभोर्स भएको यो पहिलो घटना भने होइन। गत वर्ष जोर्डका एक व्यक्तिले गीतकै कारण आफ्नी बेहुलीसँगको नाता तोडेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij