२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । मादक पदार्थ सेवन गरेर एक युवती वाशिङ मेशिनमा परेकी छन् । नशाको तालमा उनी वाशिङ मेशिनमा परेकी हुन् ।
उनले साथीसँग पार्टीमा अत्याधिक रक्सी पिइन् । त्यसपछि उनले केहि पनि थाहा पाइनन् र उनी आफैँ वाशिङ मेशिनमा छिरिन् । उनको कम्मर भन्दा तलको भाग मेशिनमा फस्यो । निकाल्ने प्रयास धेरै गरिएपनि नसकेपछि फायर फाइटर्सलाई बोलाएर उनलाई वाशिङ मेसिनबाट बाहिर निकालियो ।
उक्त युवतीको नाम रोजी कोल रहेको छ । २१ वर्षकी उनले साथीसँग रक्सी पिएर आएर वाशिङ मेसिनमा पसेको बताइएको छ । फयर फाइटर्सले उनलाई २० मिनेट पछि बाहिर निकालेका थिए । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij