२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । अमेरिकामा आज इलेक्टोरल कलेज भोटको गणना हुँदैछ । त्यसपछि मात्रै डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनको जित पक्का हुनेछ ।
बाइडेन २० जनवरीमा राष्ट्रपति पदको शपथ लिनेछन् । शपथ लिने दिनलाई इनोगरेशन डे भन्ने गरिन्छ । अमेरिकामा राष्ट्रपति चुनाव ३ नोभेम्बरमा भएको थियो । इलेक्टोरल कलेज भोटिङ १४ डिसेम्बरमा भएको थियो ।
अब भने इलेक्टोरल कलेज भोटिङको औपचारिक काउन्टिङ अमेरिकी संसदका दुबै सदनले संयुक्त रुपमा गर्नेछन् ।दोश्रो शब्दमा भन्नुपर्दा सीनेट र हाउस अफ रिप्रेजेन्टेटिभ्सको कम्बाइण्ड मीटिङ्ग हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij