२०८२ भाद्र ८ गते आइतवार
गाेर्खा बासी प्रेममा डुबेकाे किन हाेला मायाले भुलेकाे
खाेली रसाकाे किन हाे मायाले गाेर्खा बाेलाकाे।
हिमालकाे त्याे चिसाे हावाले बाेल्छ मलाई मायालु बचनले
खाेली रसाकाे किन हाे मायाले लिगलिग बाेलाकाे ।
अग्लाे रैछ त्याे बाैध्द हिमाल अन्त बस्दा भैराछ भिमल
खाेली रसाकाे किन हाे मायाले भच्चेक बाेलाकाे।
आरूघाट झरेर भेटैंला त्यतै बसी माया नै गासैँला
खाेली रसाकाे किन हाे मायाले धार्चे बाेलाकाे।
दरैँदीकाे त्याे चिसो हावामा खाँदै हामी रमाउँला वार्पाकमा
खाेली रसाकाे किन हाेला मायाले वार्पाक बाेलाकाे।
एसियाकाे त्याे नाैलाे क्याण्डी वृज्मा भेटैँला यारूकाे बगरमा
खाेली रसाकाे किन हाे मायाले सिर्दीबास बाेलाकाे।
सिर्दीबास फिलिमै रमाइलाे श्रीङगी, गणेश हेरेर टाेलाकाे
खाेली रसाकाे किन हाे मायाले साम्दो बाेलाकाे ।
भाेट काटी चाइनामै जाउँला छेकम्पार पार गरि बसैँला
खाेली रसाकाे किन हाे मायाले चुमनुवी बाेलाकाे।
झुलेनुले राजन गुम्बामा बसी त्यतै पिरती गाँसाैँला
खाेली रसाकाे किन हाे मायाले छेकम्पार बाेलाकाे।
विश्वमा बहादुरकाे नामले चिनेकाे बिशेषता धेरै छ गाेर्खाकाे
खाेली रसाकाे किन हाे मायाले फाेनमा बाेलाकाे।
किन हाे मायाले भेट्न बाेलाकाे।।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij