Logo

२०७८ माघ १४ गते शुक्रवार

images

एउटा यस्तो देश जहाँ रात भनेको मात्रै ४० मिनेटको हुन्छ, सूर्य कहिल्यै डुब्दैन

एउटा यस्तो देश जहाँ रात भनेको मात्रै ४० मिनेटको हुन्छ, सूर्य कहिल्यै डुब्दैन

खबर सेन्टर

१८ पौष २०७८
  • 1.8K
    SHARES
  • images
    images
    एउटा यस्तो देश जहाँ रात भनेको मात्रै  ४० मिनेटको हुन्छ, सूर्य कहिल्यै डुब्दैन
    images
    images

    योपूरै विश्व प्रकृतिको नियमानुसार चल्छ । निश्चित समयमा दिन र रात हुनु प्रकृतिको नियम नै हो । 

    images
    images
    images

    यद्यपि अलग–अलग ठाउँमा दिन र रात हुने समय भने फरक–फरक हुन्छ । कतिपय ठाउँमा दिन लामो र रात छोटो हुन्छ । तर, यस्तो पनि देश छ, जहाँ रात भनेको नाम मात्रको हुन्छ। यहाँ एकदमै कम समयका लागि सूर्य डुब्ने गर्छ।

    नर्वे युरोप महाद्वीपको उत्तरमा रहेको एउटा देश हो । उत्तर ध्रुवबाट नजिक भएकाले यहाँ एकदमै चिसो हुन्छ । नर्वे यस्तो देश हो जहाँ दिन मात्रै हुन्छ । रात केवल ४० मिनेटका लागि मात्रै हुन्छ । बाँकी समय सूर्यका देखिने गर्छ । 

    यहाँ रातिको १२ बजेर ४३ मिनेटमा सूर्य डुब्छ र ४० मिनेटपछि फेरि सूर्योदय हुन्छ । यहाँ रातको साढे १ बजे बिहान हुन्छ । यो एक–दुई दिनका लागि होइन पूरै अढाइ महिनासम्म यस्तो हुने गर्छ । नर्वेलाई ‘कन्ट्री अफ मिडनाइट सन’ पनि भनिन्छ । 

    यो देश आर्किटिक सर्कल भित्र आउँछ । यहाँ मे देखि जुलाइको बीचमा ७६ दिनसम्म सूर्य डुब्दैन । यस्तो दृश्य हेमरफेस्ट शहरमा देख्न पाइन्छ । 

    नर्वे एक यस्तो देश हो जहाँ १०० वर्षसम्म सूर्यको किरण पुगेको थिएन । किन भने यहाँ पूरै शहर पहाडले घेरिएको थियो । 

    images
    प्रकाशित मिति :पौष १८ २०७८ आइतवार - १३:२७:३९ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार