Logo

२०७८ माघ १४ गते शुक्रवार

images

सरकारी लाभ पाउन आफ्नै बहिनीसँग विवाह !

सरकारी लाभ पाउन आफ्नै बहिनीसँग विवाह !

खबर सेन्टर

१६ पौष २०७८
  • 1.1K
    SHARES
  • images
    images
    सरकारी लाभ पाउन आफ्नै बहिनीसँग विवाह !
    images
    images

    एउटा अनौठो र अप्रत्यासित घटनामा उत्तर प्रदेशका एक व्यक्तिले आफ्नै बहिनीसँग विवाह गरेका छन् । मुख्यमन्त्री सामूहिक विवाह योजना कार्यक्रमबाट पैसासहित अन्य सुविधा पाउन फिरोजबादका एक व्यक्तिले बहिनीसँग विवाह गरेको खुलासा भएको हाे ।

    images
    images
    images

    सामाजिक कल्याण विभागअन्तर्गत सामूहिक विवाह गर्ने हरेक जोडीलाई राज्य सरकारले ३५ हजार रकम र घरपरिवारका अन्य उपहार प्रदान गर्छ ।

    कार्यक्रमअन्तर्गत सरकारले २० हजार भारु बेहुलाको बैंक अकाउन्टमा डिपोजिट गरिदिन्छ र १० हजार भारुबराबरको उपहार दिइन्छ ।

    सो विवाह ११ डिसेम्बरमा फिरोजबादको टुंड्ला गाउँमा भएको थियो । केही दिनपछि गाउँलेले विवाह गर्ने जोडी सहोदर दाजु र बहिनी भएको पत्ता लगाएका थिए ।

    एउटा सरकारी कार्यलयको परिसरमा आयोजना गरिएको सो विवाहमा ५१ जोडी बन्धनमा बाँधिएका थिए । गैरकानुनी ढंगले अनुचित लाभ लिने उदेश्यले विवाह गर्ने जोडीविरुद्ध मुद्दा दायर भएको छ । यसैबीच बेहुला बन्ने व्यक्तिको आधार कार्ड’bout छानविन सुरु भएको छ ।

    images
    प्रकाशित मिति :पौष १६ २०७८ शुक्रवार - १२:००:४० बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार