Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेकपाको सचिवालय बैठक बस्ने समयमै राखिएको मन्त्रिपरिषद् एक घण्टा सारियो

नेकपाको सचिवालय बैठक बस्ने समयमै राखिएको मन्त्रिपरिषद् एक घण्टा सारियो


  • 9.3K
    Shares

    नेकपाको सचिवालय बैठक बस्ने समयमै राखिएको मन्त्रिपरिषद् एक घण्टा सारियो

    काठमाडौँ । नेकपाको सचिवालय बैठक सार्न दबाब दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को समय एक घण्टा पर सारेका छन्।

    शुक्रबार बसेको सचिवालय बैठकले अर्को बैठक आज बुधबार एक बजेका लागि तोकेको थियो। आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सोहि समयमा मन्त्रिपरिषद् बैठक रहेको भनी खबर गरिएको थियो।

    पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादल सचिवालयको बैठकमा उपस्थित हुनुपर्ने बेलामा मन्त्रिपरिषद् बैठक राखिएको हो।

    बैठक सार्न ओलीले दबाब दिँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका बहुमत सचिवालय सदस्यले  अस्वीकार गरेपछि बैठक छल्न ओलीले आकस्मिक मन्त्रिपरिषद् डाकेको आकलन गरिएको छ । विवाद चर्किदै जाँदा मंगलबार राति नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेका ओलीले थप केही कदम पनि चाल्न सक्ने बुझिएको छ ।

    प्रकाशित मिति :मंसिर ३ २०७७ बुधवार - १०:३१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij