२०८२ मंसिर १२ गते शुक्रवार
प्रभु इन्स्योरेन्स लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै काठमाडौं, बनेपा र अन्य शाखाहरुका लागि कर्मचारी आवश्यक रहेको जनाएको हो ।
कम्पनीले उक्त शाखाहरुका लागि अफिसर, सिनियर अफिसर, असिस्टेन्ट म्यानेजर पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदका लागि कम्पनीले न्यूनतम शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र सम्पूर्ण आवश्यक कागजातसहित कम्पनीको इमेल मार्फत दरखास्त दिन सक्नेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij