Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

९२.१६ अंकले बढ्यो नेप्से: १० कम्पनीको शेयरमूल्य सकरात्मक सर्किटमा, कुनको शेयरमूल्य कतिले बढ्यो ?

९२.१६ अंकले बढ्यो नेप्से: १० कम्पनीको शेयरमूल्य सकरात्मक सर्किटमा, कुनको शेयरमूल्य कतिले बढ्यो ?


  • 24.3K
    Shares

    ९२.१६ अंकले बढ्यो नेप्से: १० कम्पनीको शेयरमूल्य सकरात्मक सर्किटमा, कुनको शेयरमूल्य कतिले बढ्यो ?
    images

    साताको तेस्रो कारोबारको दिन (बुधबार) शेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेप्से परिसूचक झण्डै तेहोरो अंकले बढेको हो । 

    नेपाल स्टक एक्सचेञ्जका (नेप्से) परिसूचक ९२.१६ अंकले बढेर २५०७.७० विन्दुमा पुगेको छ । नेप्से ३.८२ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि १४.७४ अंकले बढेर ४७७.२६ विन्दुमा पुगेको छ । 

    कारोबारमा आएका कूल २३३ वटा कम्पनीको ८१ लाख ४ हजार ३ सय १९ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार एक सय ४३ रूपैयाँ बराबरको कारोबार भएको छ ।

    आज अन्तिम समयसम्म ४ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने बाँकी ६ कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढीले वृद्धि भएको हो । 

    अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर, शिवम् सिमेन्ट र अपर तामाकोशीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

    यस्तै,स्वाभिमान लघुवित्त, सगरमाथा इन्स्योरेन्स, आरएसडिसी लघुवित्त,हिमालयन डिष्टिलरी, हिमाल दोलाखा हाइड्रोपावर र युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशत बढीले बढेको हो । 

    कुनको शेयरमूल्य कति ?

    top.jpg

    प्रकाशित मिति :पौष ७ २०७८ बुधवार - १५:५६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij