Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खुल्न थाले बेलायतमा विद्यालय

खुल्न थाले बेलायतमा विद्यालय


  • 6.9K
    Shares

    खुल्न थाले बेलायतमा विद्यालय

    कोरोना कहरले बन्द बेलायतका विद्यालय खुल्न थालेका छन् । भाइरस संक्रमितको संख्या बढ्दै गइरहेको भए पनि बेलायतले विद्यालय सञ्चालनमा ल्याउने भएको हो ।

    बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले विद्यालय सञ्चालनका लागि समस्या नभएको भन्दै क्रिसमसपछि आफ्ना नानीबाबुहरूलाई विद्यालय पठाउन प्रधानमन्त्री जोनसनले आग्रह गरेका छन् ।

    विद्यालय खोल्ने विषयमा विगतमा जोन्सन र सत्तारूढ दलकै कतिपय नेताहरूमा विवाद उत्पन्न भएको थियो। तर पछिल्लो समय विद्यालय सञ्चालन गर्न सकिनेमा धेरैजसो सहमतिनजिक रहेका छन् । जोन्सनले एक टेलिभजिन कार्यक्रममा भने, ‘हामीले आउँदो केही हप्ताहरूमा देशको धेरै भागहरूमा कडा प्रतिबन्धात्मक नियमहरू लगाउन आवश्यक पर्न सक्छ । म सम्पूर्ण रूपमा प्रतिबन्ध लगाउनुपर्नेमा सहमत बनेको छु ।’

    विद्यालयहरू लामो समयदेखि बन्द रहँदा सुन्दर भविष्यको कल्पना गरी विद्यालय जाने लाखौं विद्यार्थीको पढाइमा समस्या भएको बताउँदै जोन्सनले अभिभावकलाई भने, ‘तपाईंहरूले विद्यालयमा आफ्ना नानीबाबुहरूलाई पठाएर सहयोग गर्नुपर्छ ।’

    प्रकाशित मिति :पौष २० २०७७ सोमवार - १२:११:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij