Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सेयर बजारमा सुधार: ५६.७३ अंकले बढ्यो नेप्से, कारोबार भने झन् घट्यो

सेयर बजारमा सुधार: ५६.७३ अंकले बढ्यो नेप्से, कारोबार भने झन् घट्यो


  • 4.8K
    Shares

    सेयर बजारमा सुधार:  ५६.७३ अंकले बढ्यो नेप्से, कारोबार भने झन् घट्यो
    images

    साताको दोस्रो कारोबारको दिन (मंगलबार) शेयर बजारमा हरियाली देखिएको छ । गत साता मंगलबार १३८ अंकले बढेको शेयर बजार एक साता अर्थात आज (मंगलबार) बढेको हो । 

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५६.७३ अंकले बढेर २४१५.५५ विन्दुमा पुगेको छ । नेप्से २.४१ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि ११.३४ अंकले बढेर ४६२.५२ विन्दुमा पुगेको छ । 

    अन्तिम समयसम्म कारोबारमा आएका कूल २२६ वटा कम्पनीको ४९ लाख ७४ हजार २ सय ५३ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८ सय ४७ रूपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको शेयर बढेको छ ।

    मंगलबार हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १४ करोड ५८ लाख ६९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । 

    आज ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बैंकको शेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ४१ रूपैयाँ पुगेको छ ।

    गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयरमूल्य ८.८९ प्रतिशतले घटेर प्रतिकित्ता ९ सय २५ रूपैयाँमा झरेको छ । 

     

    प्रकाशित मिति :पौष ६ २०७८ मंगलवार - १५:५६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij