२०८२ मंसिर १२ गते शुक्रवार
तीन कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (पुस ६ गते) अन्तिम दिन रहेको छ । जसमा एनएमबि बैंक, छिमेक लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्था रहेका छन् ।
यी तीन कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छन् । त्यसैल ६ गतेसम्म नेप्सेमा कायम शेयरधनिहरुले मात्र लभांश पाउने छन् ।
एनएमबि बैंक
एनएमबि बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २२ गते २६औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
गणपति लघुवित्त
गणपति लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको लागि प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुस १७ गते पाँचौ वार्षिक साधारण सभा आव्हान गरेको छ ।
छिमेक लघुवित्त
छिमेक लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश गरि कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश कम्पनीको पुस २३ गते २०औं वार्षिक साधारण सभा मार्फत पारित भई शेयरधनीहरुमा वितरण हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij