Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

५ जीवन बीमा कम्पनीहरुले ३ अर्ब १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्दै

५ जीवन बीमा कम्पनीहरुले ३ अर्ब १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्दै


  • 4.0K
    Shares

    ५ जीवन बीमा कम्पनीहरुले ३ अर्ब १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्दै
    images

    चालु आर्थिक वर्ष २०७८/७९ मा ५ जीवन बीमा कम्पनीहरुको ३ अर्ब १५ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) सार्वजनिक निष्काशनमा आउने भएका छन् ।

    चार वर्षअघि बीमा समितिबाट नयाँ बीमा कम्पनीको रुपमा स्थापना गर्न स्वीकृति पाएका दश जीवन बीमा र तीन निर्जीवन बीमा कम्पनीमध्ये हालसम्म पाँच जीवन बीमा र तीन निर्जीवन बीमा कम्पनी गरी आठ कम्पनीले ४ अर्ब ३ करोड ५० लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा जारी गरेका छन् ।

    स्थापना भएका सबै निर्जीवन बीमा कम्पनीले प्राथमिक शेयर जारी गरेपनि दशमध्ये पाँच जीवन बीमा कम्पनीको शेयर जारी हुन बाँकी रहेको छ । सर्वसाधारणमा शेयर जारी गर्न बाँकी रहेका जीवन बीमा कम्पनीहरुमा सिटिजन लाइफ, आईएमई लाइफ, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

    यी ५ कम्पनीहरुको जारी पूँजी १० अर्ब ५० करोड रहेको छ । जारी पूँजीको ३० प्रतिशतले हुन आउने ३ अर्ब १५ करोडको शेयर बिक्रीमा आउनेछ । शेयर बिक्री गर्नेमध्ये सिटिजन्स लाइफले सबैभन्दा धेरै ७५ करोड रुपैयाँ बराबरको शेयर बिक्री गर्नेछ । आइएमई लाइफ, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र महालक्ष्मी लाइफको समान ६०।६० करोडको शेयर बिक्रीमा आउनेछ ।

    शेयर बजार बुलिस प्रवृत्तिमा गएर क्रेज फर्किको बेला बीमा कम्पनीको शेयर बिक्रीमा आउँदा आईपीओबाटै लगानीकर्ताले प्रशस्त नाफा आर्जन गर्न सकेका छन् । प्राथमिक बजारका लगानीकर्ताको संख्या २५ लाख नजिक पुगेको छ भने सिडिएस एण्ड क्लियरिङ्गमा शुक्रबारसम्म ४७ लाख ५४ हजार ९५५ वटा डिम्याट खाता खुलेका छन् । यस अवधिमा ३८ लाख ६८ हजार ५१६ वटा मेरो सेयर खाता खुलेका छन् । 

    आईपीओ निष्काशनको तयारीमा रहेका ५ कम्पनीहरुले संस्थापकबाट जारी पूँजीको ७० प्रतिशतले हुन आउने रकम कम्पनी स्थापनाको समयमा नै चुक्ता गरिसकेका छन् भने ३० प्रतिशत शेयर सर्वसाधानमा आईपीओ बिक्रीपछि चुक्ता हुनेछ । आइपीओ निष्काशन पश्चाप यी पाँच वटै कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोके बमोजिम अर्थात दुई अर्ब रुपैयाँ पुग्नेछ ।

     

    प्रकाशित मिति :पौष ४ २०७८ आइतवार - ११:५३:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij