Logo

२०७८ माघ १४ गते शुक्रवार

images

आज उभौली पर्व मनाइँदै

आज उभौली पर्व मनाइँदै

  • 1.2K
    SHARES
  • images
    images
    आज उभौली पर्व मनाइँदै
    images
    images

    काठमाडौँ । राई, लिम्बु, सुनुवार, याक्खालगायतका किराती समुदायको उधौली चाड सुरु भएको छ । काठमाडौंमा रहेका किरातीले आइतबार ललितपुरको सानो हात्तिवनस्थित किरात माङहिम (मन्दिर)मा सामूहिक पूजा गरेका छन् । मुन्धुमी पुजारी, किरात याख्खा छुम्मा, सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खालगायत संस्थाका प्रतिनिधिसहित पूजाआजा गर्ने परम्परा रहेको छ ।

    images
    images
    images

    सरकारले २०५८ सालदेखि मंसिरेपूर्णिमा तिथिलाई ‘किरात चाड’ भनेर घोषणा गरेसँगै सम्बन्धित समुदायलाई विदा दिने चलन बसाएको थियो । अघिल्लो गणतान्त्रिक सरकारले विभिन्न चाड कटौती गरेका थियो भने यो पटक पुन: सार्वजनिक बिदा घोषणा भएको छ ।

    कोरोना महामारीपछि पहिलो पटक सार्वजनिक पूजाआजा र सांस्कृतिक नृत्य प्रदर्शन गरिएको यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले जनाएका छन् । यसैगरी प्रदेश–१ को गाउँघरको थुमथुममा पूजाआजा र नाच सुरु भएको उनले जनाए ।

    ‘यो पटक सामूहिक खुल्ला रूपमा पूजाआजा र सांस्कृतिक नाच प्रदर्शन गर्दैछौं,’ सानो हात्तिवनस्थित पूजामा सहभागी अध्यक्ष राईले भने, ‘अहिले विश्वभरि छरिएर रहेका किरातीहरूले उधौली मनाउने क्रम सुरु भएको छ । केही हप्तासम्म निरन्तर रहन्छ ।’

    नयाँ अन्न (धान, कोदो, अदुवा आदि) पितृलाई चढाएर घर–घरमा पूजा गरिन्छ । त्यसैगरी सामूहिक थानहरूमा भूमिको पूजा गर्दै प्रकृतिप्रति आभार प्रकट गर्ने काम नै उधौली पूजा हो । वैशाखेपूर्णिमा उभौलीमा भूमिपूजा, आकाश, खोलानाला, हावा, पानी, वनजंगलको विधिवत पूजा गरी प्रकृतिसित सह माग्ने, सुब्बेफाब्बे होस् भनेर कामना तथा पुर्खाहरूसित आशिर्वाद माग्ने गरिन्छ ।

    यो संस्कृतिको विशेषता भनेकै सामूहिक भेला भएर नाच प्रदर्शन गर्नु हो । लिम्बूले च्याब्रुङ बजाएर केलाङ नाच्छन् । राईले साकेला नाच्छन् । सुनुवारले श्याँदर सिल नाच्छन् । याक्खाले केलाक्मा नाच्छन् । हात, गोडा, शरीरको हाउभाउ अभिनय गरेर नाचिने नाच अर्थपूर्ण रहेको संस्कृतिविद् तीर्थराज मुकारुङ राई बताउँछन् । ‘साकेला, साकेवा जे भनौं यो हाम्रा पितापुर्खाले सुरु गरेको प्रकृति र पुर्खालाई मुन्दुम विधिअनुसार मानमनितो गर्ने महत्त्वपूर्ण र अर्थपूर्ण चाड हो,’ उनले भने ।

    खोरिया फाँड्ने, कोदालोले भस्मे खन्ने, अन्नको बिउ छर्ने, माटोले छोप्ने त्यसपछि बिउ उम्रिन्छ । अब गोडमेल गर्ने र पाकेपछि त्यसलाई पितृलाई चढाएर आशिर्वाद माग्ने जस्ता कृषि युगको अभिनय गर्ने गरिन्छ ।

    images
    प्रकाशित मिति :पौष ४ २०७८ आइतवार - १०:१९:४३ बजे

    खबर सेन्टर डेस्क

    सम्बन्धित समाचार