Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

धितोपत्र बोर्डले दियो तीन कम्पनीलाई हकप्रद शेयर जारी गर्न अनुमति, कुनको कति ?

धितोपत्र बोर्डले दियो तीन कम्पनीलाई हकप्रद शेयर जारी गर्न अनुमति, कुनको कति ?


  • 11.2K
    Shares

    धितोपत्र बोर्डले दियो तीन कम्पनीलाई हकप्रद शेयर जारी गर्न अनुमति, कुनको कति ?
    images

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तीन कम्पनीलाई हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ । बोर्डले कर्पोरेट डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स र छ्याङ्दी हाइड्रोपावर कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ ।

    बोर्डले समृद्धि फाइनान्सलाई मंसिर २९ गते चुक्ता पूँजीको ५० प्रतिशत तथा पुस १ गते बिहीबार छ्याङ्दी हाइड्रोपावरलाई चुक्ता पूँजीको ३० प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकलाई चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद जारी गर्न अनुमति दिएको हो ।

    यससँगै अब समृद्धि फाइनान्सले चुक्ता पूँजीको २ः१ अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता, छ्याङ्दी हाइड्रोपावरले १०ः३ अनुपातमा ८ लाख ९३ हजार २५ कित्ता र कर्पोरेट डेभलपमेन्ट बैंकले ३० लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउनेछ ।

    समृद्धि फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल, छ्याङ्दी हाइड्रोपावरको ग्लोबल आईएमई क्यापिटल र कर्पोरेट डेभलपमेन्ट बैंकको सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

    प्रकाशित मिति :पौष २ २०७८ शुक्रवार - १६:१३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij