Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

बुध ग्रहको पूजा गर्नाले मिल्छ यस्तो लाभ (पूजा विधिसहित)

बुध ग्रहको पूजा गर्नाले मिल्छ यस्तो लाभ (पूजा विधिसहित)


  • 18.0K
    Shares

    बुध ग्रहको पूजा गर्नाले मिल्छ यस्तो लाभ (पूजा विधिसहित)
    images

    नवग्रह मध्येको एक हो-बुध ग्रह । बुध ग्रहको प्रभावस्वरुप व्यक्तिको विद्वता र उसमा रहेको वाद-विवादको क्षमतालाई दर्शउँछ ।

    मानिसको जन्मकुण्डलीमा शुभ ग्रहका साथमा बुध बिराजमान छ भने शुभ फल मिल्छ । अशुभ ग्रहका साथमा बुध छ भने त्यो मानिसलाई अशुभ फल मिल्छ । यसरी बुध ग्रह अशुभ ग्रहमा बसेका भएमा देखिने दोष निवारणका लागि बुध ग्रहको पूजा गर्नुपर्ने शास्त्रले जनाउँछ ।

    के हो बुध ग्रह ?

    ज्योतिष शास्त्र अनुसार बुध ग्रहलाई ग्रहपति तथा राजकुमारको संज्ञा दिइन्छ । सौर्य मण्डलका सवैभन्दा सानो र सूर्यको सबैभन्दा नजिकको ग्रहका रुपमा समेत बुधलाई चिनिन्छ ।

    बुधलाई बुद्धि प्रदान गर्ने देवताका रुपमा समेत लिइन्छ । बुध ग्रहको आफ्नो दिन भनेको बुधबार नै हो । बुध कन्या र मिथुन राशिको स्वामी पनि हो ।

    बुधको पूजा गर्दा के लाभ मिल्छ ?

    बुध ग्रहको पूजा गर्नाले स्वास्थ्य सम्बन्धी समस्या निवारण हुने शास्त्रले बताउँछ । बुधको पूजाले सफलता मिल्छ । जीवनमा आइलाग्ने विभिन्न बाधा अड्चन निवारण हुने विश्वास गरिन्छ । जो विद्यार्थी पढाइमा कमजोर छ, उसका लागि बुध ग्रहको पूजा महत्वपूर्ण र फलदायी मानिन्छ ।

    बुधको पूजा बारे जानकारी
    बुधको पूजा गर्नका लागि एकाग्र तथा एक चित्त भई मन्त्र जप गर्नुहस् । बुध पूजा मन्त्र-

    ॐ बुं बुधाय नमः
    ऊँ ऎं स्त्रीं श्रीं बुधाय नमस्

    यो मन्त्र स्वयं जप गर्नुहोस् अथवा कुनै कर्मनिष्ठ ब्राह्मणबाट गराए पनि हुन्छ ।

    बुधलाई पौराणिक शास्त्रमा चन्द्रमाको पुत्र मानिन्छ । शास्त्रमा बुध ग्रहको दोष निवारणका लागि मातादुर्गाको पूजा गर्नुपर्ने समेत उल्लेख पाइन्छ ।

    प्रकाशित मिति :मंसिर ३ २०७७ बुधवार - ०६:०७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij