Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

इलाममा भ्यान दुर्घटना: दुईको मृत्यु, ८ जना घाइते

इलाममा भ्यान दुर्घटना: दुईको मृत्यु, ८ जना घाइते


  • 3.5K
    Shares

    इलाममा भ्यान दुर्घटना: दुईको मृत्यु, ८ जना घाइते
    images

    इलाम । इलामको सूर्योदय नगरपालिका–७ सुखेपोखरीस्थित मेची राजमार्गमा मंगलबार दिउँसो भएको मारुती भ्यान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

    दिउँसो साढे ३ बजे मे१ज ३३०७ नम्बरको मारुती भ्यान अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको थियो ।

    घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लागिएको थियो । सो क्रममा माईजोमाई गाँउपालिका–४ का ७६ बर्षीय रामप्रसाद तिमसिना र माईजोमाई–३ का ४० बर्षीय भरत घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो । 

    चालकसहित आठजनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

    प्रकाशित मिति :मंसिर २९ २०७८ बुधवार - १३:३७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij