Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


  • 4.8K
    Shares

    सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो मंगलबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार ९२ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

    हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।

    हिजो मंगलबार १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज  पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

     

    प्रकाशित मिति :मंसिर २९ २०७८ बुधवार - ११:३१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij