२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् । मंगलबार भएको सभापतिको दोस्रो चरणको मतदानको बुधबार सम्पन्न मत गणनामा देउवाले जित हात पारेका हुन् । ४५६४ म खसेकोमा यो समाचार तयार पार्दासम्म देउवाले २२८८ मत (बहुमत) मत ल्याइसकेका छन् ।
देउवाका प्रतिस्पर्धी डा. शेखर कोइरालाले १५०१मत पाएका छन् । ३८१९ मत गणना हुन भएको छ । अब ७०० मत गणना हुन बाँकी छ ।बुधबार बिहानसम्म सो मत गणना सम्पन्न हुनेछ ।
देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् । सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत मत प्राप्त गर्न नसकेपछि मंगलबार दोस्रो चरणको मतदान भएको थियो । पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र डा. कोइरालाबीच प्रतिस्पर्धा भएको हो।
प्रधानमन्त्रीसमेत रहेका देउवालाई दोस्रो चरणमा विमलेन्द्र निधि, प्रकाशमान सिंहलागयत नेताहरुको समर्थन थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij