Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

बाल विकास शिक्षकलाई तोकिएको पारिश्रमिक दिन स्थानीय तहलाई निर्देशन

बाल विकास शिक्षकलाई तोकिएको पारिश्रमिक दिन स्थानीय तहलाई निर्देशन


  • 17.1K
    Shares

    बाल विकास शिक्षकलाई तोकिएको पारिश्रमिक दिन स्थानीय तहलाई निर्देशन
    images

    काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रारम्भिक बाल विकास केन्द्र (इसिडी)मा कार्यरत सहयोगी शिक्षकलाई सरकारले तोकेको पारिश्रमिक दिन स्थानीय तहलाई निर्देशन दिएको बताएका छन् ।

    नेपाल शिक्षक महासङ्घका पदाधिकारीसँग सोमबार भएको भेटवार्तामा मन्त्री पौडेलले सरकारले तोकेको पारिश्रमिकका विषयमा स्थानीय तहलाई कार्यान्वयन गर्न निर्देशन दिएको बताएका हुन् । देशका कुन कुन स्थानीय तहले पालना गरेको छैन, त्यसको तथ्याङ्क सङ्कलन गरी अनुगमन तथा समन्वयका लागि शिक्षा, समन्वय एकाइका प्रमुखलाई निर्देशन दिएको पनि उनले जानकारी गराए ।

    अघिल्लो सरकारले प्रस्तुत गरेको बजेटमा विद्यालय कर्मचारी र बाल विकास शिक्षकको न्युनतम पारिश्रमिक मासिक रु १५ हजार पु¥याउने उल्लेख गरेको थियो । मन्त्री पौडेलले शिक्षक सेवा आयोगको विज्ञापन यही महिनाको अन्तिमसम्ममा निकाल्न निर्देशन दिएको उल्लेख गर्दै शिक्षकको आन्तरिक बढुवा पनि हुने बताए ।

    शिक्षकका मागमा आफू सकारात्मक रहेको बताउँदै उनले मन्त्रालय, मन्त्रिपरिषद् र संविधान संशोधनमार्फत टुड्ग्याउने विषयलाई टिपोट गरी ल्याउन निर्देशन दिए ।

    प्रकाशित मिति :मंसिर २८ २०७८ मंगलवार - १७:३३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij