Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

अर्थमन्त्रीले बोलाए शेयर बजारका लगानीकर्तालाई, के भने अर्थमन्त्रीले ? विज्ञप्तिसहित)

अर्थमन्त्रीले बोलाए शेयर बजारका लगानीकर्तालाई, के भने अर्थमन्त्रीले ? विज्ञप्तिसहित)


  • 4.8K
    Shares

    अर्थमन्त्रीले बोलाए शेयर बजारका लगानीकर्तालाई, के भने अर्थमन्त्रीले ?  विज्ञप्तिसहित)
    images

    काठमाडौं । शेयर बजारमा तिब्र गिरावट आएको भोलिपल्ट अर्थात् मंगलवार अअर्थमन्त्री जनार्दन शर्मा र शेयर लगानीकर्ताहरुको उच्चस्तरीय कार्यदल बीच छलफल भएको छ । अर्थ मन्त्रालायमा भएको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले पूँजीबजारको दिगो विकास र विस्तारका लागि लागिरहेको बताएका छन् ।

    साथै अर्थमन्त्री शर्माले नेपाल धितोपत्र बोर्डको अध्यक्ष र नेप्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नियुक्ती पनि छिट्टै हुने पनि बताएको पूँजीबजार शुद्धीकरण बृहत कार्यदलले  जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    छलफलमा अर्थमन्त्री शर्माले कार्यदलले बुझाएको सबै बुँदाहरु जायज भएको भन्दै क्रमशः कार्यान्वयन गर्दै जाने पनि बताएका छन् ।  पूँजीबजार शुद्धीकरण बृहत कार्यदलले अर्थमन्त्री समक्ष ५८ बुँदे प्रतिवेदनमा रहेको बुँदाहरु कार्यान्वयन गर्न तथा ब्रोकरमार्फत् मार्जिन कारोबार तत्काल शुरु गर्ने बारे पनि ध्यानाकर्षण गराएको छ ।

    कार्यदलका संयोजक अम्बिका प्रसाद पौडेलले मंगलवार भएको छलफलमा अर्थमन्त्री सकारात्मक देखिएको सञ्चारकर्मीहरुलाई बताएका छन् । उनले लगानीकर्ताका मागका बारेमा अर्थमन्त्री गम्भिर देखिएको पनि बताए ।

    मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री सकारात्मक र गम्भिर देखिएको छलफलमा सहभागी  अर्का एकजना सदस्यले बताएका छन् ।

    nnf.jpg

    प्रकाशित मिति :मंसिर २८ २०७८ मंगलवार - १७:०२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij