२०८२ मंसिर ७ गते आइतवार
काठमाडौं । सेयर बजारमा सकारात्मक सर्किट लागेर बन्द भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सुरुवातबाटै हरियाली छाएको सेयर बजारमा कारोबार सुरु भएको १२ बजेर ३८ मिनेटमा नेप्से ५ प्रतिशतले वृद्धि भएपछि ४० मिनेटको लागि कारोबार रोकिएको हो ।
दिउँसो १२ बजेर ३८ मिनेटमा कारोबार रोकिएर एक बजेर १८ मिनेटमा खुलेको नेप्से अर्को ८ मिनेटमा नै अर्को १ प्रतिशत वृद्धि भएर ६ प्रतिशतले बढेपछि आजको लागि कारोबार बन्द भएको छ । नेप्से १३७.१८ अंकले बढेर २४१८.८५ अंकमा बन्द भएको छ
कारोबार सुरु भएको पहिलो एक घण्टामा नेप्सेमा चार प्रतिशतको घटबढ हुँदा २० मिनेट, दोस्रो घण्टाभित्र पाँच प्रतिशतले घटबढ भएमा ४० मिनेट र ६ प्रतिशतले घटबढ हुँदा उक्त दिनको लागि कारोबार बन्द हुन्छ । नेप्से ६ प्रतिशतले बढेसँगै आजको लागि कारोबार बन्द भएको छ ।
शनिबार सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयर बजारलाई 'साम्राज्यवादको विकसित रूप' भएको टिप्पणी गरेका थिए । त्यसपछि आइतबार र सोमबार उच्च गिरावट भएको बजारमा आज भने ‘बाउन्स ब्याक’ हुँदै सकारात्मक सर्किट लागेको छ ।
नेप्सेमा आज कारोबार बन्द हुँदा एक अर्ब ८४ करोडको कारोबार भएको छ । सेयर बजार खुलेको दुई घण्टा नपुग्दै ५ प्रतिशतले वृद्धि भएपछि नेपाल स्टक एक्स्चेन्जले सकारात्मक सर्किट ब्रेक लगाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij