२०८२ माघ ७ गते बुधवार
काठमाडौं । गुगल क्रोममा एकै पटक दर्जनौं कमजोरी देखिएसँगै कम्पनीले तत्कालै क्रोमको नयाँ भर्सन अपडेट गर्न आग्रह गरेको छ । एक पटक २० भदा बढी ठूला कमजोरी फेला परेको हो ।
त्यो सँगै कम्पनीले उक्त कमजोरीहरूको समाधान सहित नयाँ अपडेट प्रयोगकर्तालाई उपलब्ध गराएको हो । ‘क्रोम.१५ मा २० ओटा कमजोरी फेला परेका छन्,’ कम्पनीले पोष्ट गरेको आफ्नो ब्लगमा भनिएको छ, ‘विषेश गरी विन्डोज १०, विन्डोज ११, म्याक ओएस, लिनक्समा उपलब्ध क्रोममा यस्तो कमजोरी फेला परेको हो ।’
कम्पनीले प्रयोगकर्ता यसबाट प्रभावित हुनु अघि नै समाधान सहित नयाँ अपडेट उपलब्ध गराएको जनाएको छ । कम्पनीका अनुसार यो कमजोरी केही समयअघि नै फेला परेको थियो । तर, जानकारी बाहिर नल्याई यसको समाधान खोजिएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij