Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

अब यस्ता विद्यार्थीलाई सर्टिफिकेट नदिइने, लागू भयो यस्तो नियम (सूचनासहित)

अब यस्ता विद्यार्थीलाई सर्टिफिकेट नदिइने, लागू भयो यस्तो नियम (सूचनासहित)


  • 6.6K
    Shares

    अब यस्ता विद्यार्थीलाई सर्टिफिकेट नदिइने, लागू  भयो यस्तो नियम (सूचनासहित)
    images

    विद्यार्थीहरुलाई प्रमाणपत्र दिने निश्चित आधार तयार पारिएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ मा ‘डी प्लस’ नतिजा ल्याउने विद्यार्थीहरुलाई मात्रै प्रमाणपत्र प्रदान गर्नेगरी मापदण्ड तय गरेको हो ।

    बोर्डले अङ्कन पद्दति वा (रजिष्ट्रेशन नम्बरको शुरुको दुई अङ्क ७३ वा सोभन्दा कम भएका) अनुरुप परीक्षामा सहभागी विद्यार्थीहरुले कक्षा ११ र १२ का सबै विषयमा उत्तीर्ण भइ सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मक तर्फ न्यूनतम ४० प्रतिशत अङ्क प्राप्त गरेका विद्यार्थीलाई मात्र प्रमाणपत्र दिने मापदण्ड लागू गरेको छ ।

    त्यस्तै अक्षराङ्कन पद्दति (रजिष्ट्रेशन नम्बरको शुरुको दुई अङ्क ७४ वा सोभन्दा बढी भएका) अनुरुप परीक्षामा सहभागी भइ कक्षा ११ र १२ का सम्पूर्ण विषयमा सैद्धान्तिकतर्फ न्यूनतम डी प्लस र प्रयोगात्मकतर्फ न्यूनतम सी ग्रेड प्राप्त गरेका विद्यार्थीले मात्र शैक्षिक प्रमाणपत्रका लागि निवेदन दिन सक्ने बोर्डले जनाएको छ ।

    बोर्डले शैक्षिक योग्यताका प्रमाणपत्र लिइ सकेका विद्यार्थीहरूलाई ग्रेडवृद्धि परीक्षा दिन नपाउने व्यवस्था बोर्डले गरेको छ । पहिले नै प्रमाणपत्र लिएर ग्रेडवृद्धिको परीक्षा लिएको खण्डमा नतिजा परिवर्तन नहुने मापदण्डमा बोर्डको उल्लेख छ ।

    Board-Nischit-adhar.jpg

    प्रकाशित मिति :मंसिर २३ २०७८ बिहिवार - १४:४५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij