Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

मासिक २७ हजार किस्तामै अटोमेटीक एसयूभी, नेपाली बजारमा सबैभन्दा सस्तो

मासिक २७ हजार किस्तामै अटोमेटीक एसयूभी, नेपाली बजारमा सबैभन्दा सस्तो


  • 5.5K
    Shares

    मासिक २७ हजार किस्तामै अटोमेटीक एसयूभी, नेपाली बजारमा सबैभन्दा सस्तो
    images

    नेपाली बजारमा मासिक २७ हजार किस्ता तिरेर अटोमेटीक कार चढ्न पाइने भएको छ । रेनोको आधिकारीक विक्रेता एड्भान्स अटोमोवाइलले नेपाली बजारमा  मासिक २७ हजार किस्तामा नयाँ एसयूभी सब फोर मिटर एसयूभी काइगरको इन्ट्री भेरियन्ट आरएक्सएल एएमटी बिक्री गर्न थालेको हो । 

    यो नेपाली बजारमा हालसम्म उपलब्ध अटोमेटीक कारहरुमध्ये सबैभन्दा कम मूल्यको एसयूभी हो । 

    काइगरको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेकोमा कम्पनीले  करिब १ लाख रुपैयाँ छुट पनि उपलब्ध गराएको छ । छुटपछि मासिक २७ हजार ३९० रुपैयाँ किस्ता तिर्नेगरी गाडी बिक्रीका लागि उपलब्ध हुने एड्भान्स अटोमोवाइलले जनाएको छ । 

    यसका लागि ग्राहकले डाउन पेमेन्ट वापतको ५० प्रतिशत रकम पहिल्यै तिर्नु पर्ने हुन्छ । त्यसपछि बाँकी रहेको करिब १६ लाख ४९ हजार ५०० रुपैयाँ ७ वर्ष भित्र तिर्न सक्ने व्यवस्था छ । 

    सानो ९९९ सीसी क्षमताको इन्जिन रहेको इन्जिन भएको काइगर उत्कृष्ट माइलेज दिने कार हो । अधिकतम ७१ पीएस पावर प्रदान गर्ने उक्त ईन्जिनको कारले प्रतिलिटर १९ किलोमिटर माइलेज प्रदान गर्छ ।

    कारमा २५०० एमएमको ह्वीलवेस, ४० लिटर क्षमताको इन्धन ट्याङ्की, ४०५ लिटरको बुट स्पेश २०५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ ।

    उत्कृष्ट डिजाइनमा बनेको काइगरमा सुरक्षाको लागि दुई एयरव्याग, एबीएस, इबीडी, सेन्ट्रल लकिङ, पावर विन्डो, पावर डोर लक, चाइल्ड सेफ्टी लक, अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ । काइगरको लम्बाई ३९९१ एमएम, चौडाई १७५० एमएम र उचाई १६०५ एमएम रहेको छ । 

    प्रकाशित मिति :मंसिर २२ २०७८ बुधवार - ११:४६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij