Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

गोरखाको लिगलिगकोट

गोरखाको लिगलिगकोट


  • 9.3K
    Shares

    गोरखाको लिगलिगकोट
    images

    डाँडा पाखा हरियाली मेरो ठूलो गाउँ ।
    न त जाडो न त गर्मी गोरखा हजुर ठाउँ ।।
    मान्छे थे नि वीर वीरङ्गना थेन छलछाम ।
    मनमोहक वातावरण आउनोस् घुम्न जाम ।।
    सबैतिर अग्ला डाँडा तिनमा छन्नि कोट ।
    कोटमै बसी लडे वीरले नराखी खोट ।
    इतिहास खोतल्नलाई त्यतैतिर पुगौँ ।
    द्रव्यशाह राजा हुन् नि लिगलिग कोटमा जुटौँ ।।
    नौमति र सारङ्गीको धुन सुन्ने भए ।
    मौलिकता संस्कृतिको रस चाख्ने भए ।।
    आउनुस हजुर एकचोटि लिगलिग घुम्न जाऔँ ।
    वीरहरुको उर्वर भूमि गोरखातिर लागौँ ।।
    लालीगुराँस फूल फुल्छन् धेरै थरी यहाँ
    होमस्टेको निर्माण पनि भाको छ त्यहाँ ।।
    सल्लासँग सुसेलेर अग्ला हिमाल हेर्न ।
    देखिन्छ नि लम्जुङ, तनहुँ, कास्की, चितवन ।।
    इतिहास र प्रकृतिको रमणीय ठाउँ ।
    लिगलिगकोटको छहारीमा सधैँ बस्न पाउँ ।।
    माछापुच्छे्र, अन्नपूर्ण, बौद्व, मनासुलू ।
    गणेशका सबै हिमाल देख्न पनि पाउनु ।।
    डाँडा पाखा हरियाली मेरो ठूलो गाउँ ।
    लिगलिगको छेउमै अर्काे हर्मीकोट नाउँ ।।

    प्रकाशित मिति :मंसिर २१ २०७८ मंगलवार - १६:४७:१२ बजे
    प्रतिक्रिया

    खगेश्वर सापकोटा

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij