Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

प्रहरीको पनि जवान पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्ताव

प्रहरीको पनि जवान पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्ताव


  • 11.9K
    Shares

    प्रहरीको पनि जवान पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्ताव

    काठमाडौं । नेपाल प्रहरीका जवानहरुको पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्ताव अघि बढेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले पठाएको प्रस्तावलाई गृह मन्त्रालयले निर्णयार्थ अघि बढाएको हो ।

    मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्रालयले सर्तसहित पेन्सन अवधि घटाउने प्रस्तावबारे छलफल गरिरहेको छ । स्रोत भन्छ, ‘अर्थ मन्त्रालय, लोक सेवा आयोग लगायत विभिन्न निकायसँग छलफल चलिरहेको छ, केही सातामै प्रहरी नियमावली संशोधनको निर्णय हुनसक्छ ।’ मन्त्रिपरिषद्ले गत वर्ष २९ पुसमा सैनिक सेवा नियमावली संशोधन गर्दै नेपाली सेनामा फलोअर्स तथा सिपाहीले १६ वर्ष सेवा अवधि पूरा गरेर स्वेच्छिक अवकाश लिए निवृत्तभरण पाउने व्यवस्था लागू गर्ने निर्णय गरेको थियो ।

    तर पेन्सन पाउन २० वर्ष कुर्नुपर्ने सर्त राखिएको थियो । सेनामा यो निर्णय लागू भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा पनि यो निर्णय लागू हुनुपर्ने माग गरिँदै आएको थियो । गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘यो सिपाहीको मनोबलसँग जोडिएको विषय हो, पेन्सन अवधि घटाउने कुरा सकरात्मक दिशातिर अघि बढिरहेको छ ।’

    हाल गृहले प्रहरी निरीक्षकदेखि माथिको पदमा २० वर्ष, जुनियर प्रहरी अधिकृतको हकमा १८ वर्ष र सिपाही, फलोअर्सको हकमा १६ वर्ष पेन्सन अवधि बनाउने प्रस्ताव गरेको छ ।

    प्रकाशित मिति :मंसिर २१ २०७८ मंगलवार - १५:५७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij