Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

विद्यालय निरीक्षकको सरुवा, को कहाँ-कहाँ पुगे ?

विद्यालय निरीक्षकको सरुवा, को कहाँ-कहाँ पुगे ?


  • 28.8K
    Shares

    विद्यालय निरीक्षकको सरुवा, को कहाँ-कहाँ पुगे ?
    images

    विद्यालय निरीक्षकको सरुवा भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केहीको पदस्थापन गर्दै अरुको सरुवा गरेको हो।

    मन्त्रालय सूत्रका अनुसार चन्द्रप्रसाद शर्मा शिक्षा मन्त्रालयबाट शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा, राजेश्वर पराजुली मन्त्रालयबाट मन्त्रालयकै नो अब्जेक्सनमा जिम्मेवारी तोक्ने, बिन्दा भुर्तेल मन्त्रालयबाट काभ्रे एकाइमा, मतिलाल चपाईँ मन्त्रालयबाट मनाङ एकाइमा, नारायण रेग्मी मनाङ एकाइबाट मन्त्रालयमा, प्रकाशकुमार खरेललाई ईआरओबाट शिमास्रोविके, भरतराज बराललाई तनहुँ एकाइबाट कास्की एकाइमा, शिवप्रसाद घिमिरेलाई झापा एकाइबाट मोरङ एकाइमा, निर्मल निरौलालाई धनकुटा एकाइबाट सुनसरी एकाइमा र अशोक पराजुलीलाई मन्त्रालयबाट नो अब्जेक्सनमा जिम्मेवारी तोक्ने गरी पदस्थापन गरिएको छ ।

    त्यस्तै,मन्त्रालयका पिताम्बर पन्थीलाई गुल्मी एकाइमा, मन्त्रालयका रामेश्वर लामिछानेलाई नवलपरासी पश्चिम एकाइमा, मन्त्रालयका गोपालमान भण्डारीलाई धनकुटा एकाइमा, मन्त्रालयका ईश्वरकुमार श्रेष्ठलाई धादिङ एकाइमा, मन्त्रालयका तारानाथ निरौलालाई रसुवा एकाइमा, रसुवा एकाइका नेत्रप्रसाद गजुरेललाई ओखलढुङ्गा एकाइमा, ओखलढुङ्गा एकाइका भीमप्रसाद मिश्रलाई तेह्रथुम एकाइमा, तेह्रथुम एकाइका लिलानाथ पोख्रेललाई मन्त्रालय (पुल)मा, मन्त्रालयका लालप्रसाद पोखरेललाई ईआरओमा सरुवा गरिएको छ ।

    त्यस्तै मन्त्रालयका विचारीप्रसाद अधिकारीलाई भक्तपुर एकाइमा, मन्त्रालयका शम्भूप्रसाद पाण्डेलाई सुनसरी एकाइमा, मन्त्रालयका विष्णुप्रसाद बेल्बासेलाई रुपन्देही एकाइमा, शिमास्रोविकेका गणेश पुरीलाई सिन्धुपाल्चोक एकाइ, मन्त्रालयका तारा पाण्डे तिवारीलाई पाठ्यक्रम विकास केन्द्रमा, भक्तपुर एकाइका खुलानाथ गौतमलाई नुवाकोट एकाइमा सरुवा गरिएको छ । नवलपरासी एकाइका सुदिप गिरीलाई सोही एकाइमा, सिन्धुली एकाइका दुर्गाप्रसाद काफ्लेलाई सोही एकाइमा कायम गरिएको छ ।

    मन्त्रालयका शालिग्राम दाहाललाई विराटनगरस्थित राष्ट्रिय परीक्षा बोर्डमा, मन्त्रालयका लक्ष्मी धिताललाई पनिका कक्षा १० मा, सीडीसीका उमा बुढाथोकी धामीलाई रापबोर्ड कक्षा १० मा, मन्त्रालयका इन्द्रप्रसाद तिमसेनालाई मुस्ताङ एकाइमा, मुस्ताङका टंकराज बराललाई स्याङ्जा एकाइमा, स्याङ्जा एकाइका प्रकाशबन्धु अर्याललाई कास्की एकाइमा र मन्त्रालयका यमुना पोखरेललाई केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ज्ञानेश्वरमा सरुवा गरिएको छ ।

    प्रकाशित मिति :मंसिर १९ २०७८ आइतवार - १६:५६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij