Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

शिक्षक सेवा आयोगको तयारी गर्दै हुनुहुन्छ ? यसो गर्नुस् सफलता निश्चित

शिक्षक सेवा आयोगको तयारी गर्दै हुनुहुन्छ ? यसो गर्नुस् सफलता निश्चित


  • 15.9K
    Shares

    शिक्षक सेवा आयोगको तयारी गर्दै हुनुहुन्छ ? यसो गर्नुस् सफलता निश्चित
    images

    पछिल्लो समयमा नेपालमा पनि शिक्षण पेसाप्रति आकर्षण बढ्दै गएको छ । निजी क्षेत्रका पेसाभन्दा तुलनात्मक रूपमा आकर्षक सेवा सुविधा भएका कारण पनि सरकारी शिक्षक बन्ने होड चलेको हो ।

    विद्यालय शिक्षाको लागि विगतमा शिक्षक भर्ना गर्ने नीति नियममा विविधता हुनाले अहिलेसम्म सामुदायिक विद्यालयमा शिक्षक व्यवस्थापन गर्न सरकारलाई सहज भएको छैन् । सामुदायिक विद्यालयमा अहिले पनि १८ किसिमका शिक्षकहरू कार्यरत पाइन्छ । राज्यले शिक्षक व्यवस्थापनको लागि दिगो र भविष्यदर्शी नीति लिनुभन्दा पनि टालटुले रणनीति अपनाउनाले अहिलेसम्म शिक्षक स्थायी गर्ने सम्बन्धी कतिपय मुद्दाहरू जिउँका त्यूँ छन् ।

    परीक्षाको तयारी क्रममा विभिन्न उपायहरू अपनाएर घनिभूत अध्ययन गर्नुको साथै परीक्षाका क्लुहरूको जानकारी राख्नु बुद्धिमानी ठहर्छ । परीक्षाको तयारीका लागि स्रोत सामग्रीको रूपमा पाठ्यक्रम, विषयगत पाठ्यपुस्तकहरू, विशिष्टीकरण तालिकालाई विशेष आधार मान्न बिर्सनु हुन्न ।
    विशिष्टिकरण तालिकामा प्रत्येक विषयको एकाइ, पाठ्यक्रमको क्षेत्र, विषयगत प्रश्न संख्या, पूर्णांक तथा प्रत्येक प्रश्नको अंकभारको विस्तृत विवरण उल्लेख भएको हुन्छ ।

    पाठ्यक्रम, विशिष्टिकरण तालिका, नमुना प्रश्नपत्रलगायतका उपयोगी अन्य सूचनाहरूको जानकारी शिक्षक सेवा आयोगको वेबसाइट धधध।तकअ।नयख।लउ बाट प्राप्त गर्न सकिन्छ । आयोगबाट निकट भविष्यमा लिइने स्थायी शिक्षकको परीक्षाको तयारी तथा सोधिने बहुवैकल्पिक प्रश्नहरूको उत्तर कसरी दिने भन्ने बारेमा केही टिप्सहरू यस्ता छन् :-

    १) बहुवैकल्पिक प्रश्नका उत्तर पनि आफ्नै अगाडि हुने भएकाले सही उत्तरमा चिन्ह लगाउँदा हतपत नगरी धैर्यतापूर्वक निष्कर्षमा पुग्नुपर्दछ ।

    २) प्रश्नपत्रको सुझाव र प्रश्नलाई राम्रोसँग पढ्नु पर्छ ।

    ३) आयोगको परीक्षा प्रतिष्पर्धात्मक हुने भएकोले साथीलाई उत्तर भन्ने वा देखाउने काम आत्मघाती हुन सक्छ ।

    ४) समयको व्यवस्थापनका लागि धैर्यतापूर्वक प्रश्नको संख्या, दिएको अंकभार तथा तोकिएको समयलाई विभाजन गर्नुपर्दछ ।

    ५) पाठ्यक्रममा तोकेका विषयवस्तुहरूको विस्तृत अध्ययन गर्न यथासम्भव धेरै स्रोत सामग्रीहरू जुटाउने प्रयास गर्नुपर्दछ ।

    ६) प्रिन्टेड सामग्री नपाए पनि अहिले प्रायः सबै संघसंस्थाले आ–आफ्नो वेभसाइडमा सूचना प्रवाह गरेका हुन्छन । तसर्थ आवश्यक सामग्रीबाट पछिल्लो ताजा सूचनाहरूको जानकारी एकै स्थानमा बसेर लिन सकिन्छ ।

    ७) नियमित रूपमा विस्तृत र गहन अध्ययन गर्ने ।

    ८) आधारभूत कुराहरू थाहा पाउने गरी सम्बन्धित विषयको परिभाषा र यसको अर्थ समेतको गहन अध्ययन गर्ने ।

    ९) परिभाषामा प्रयोग भएका शब्दहरूको बारेमा पनि विस्तृत जानकारी राख्ने ।

    १०) विगतमा सोधिएका प्रश्नहरू तथा नमूना प्रश्नहरूको पर्याप्त अध्ययन तथा हल गर्ने ।

    ११) प्रश्नपत्रमा लेख्नुपर्ने रोल नं, नामलगायतका माग भएका आवश्यक विवरण प्रश्नको उत्तर लेख्नु अगाडि नै भर्ने, सम्भव भएमा घण्टी बज्नुभन्दा अगाडि, कुनै शव्दको बारेमा यकिन नभएमा शव्दकोष वा अन्य सम्बन्धित स्रोत सामग्री अध्ययन गर्ने ।

    १२) विषयअनुसारको मुख्य अवधारणालाई महत्व दिएर पढ्ने ।

    १३) सामान्य सम्झिने भन्दा पनि विस्तृत जानकारी राख्ने गरी अध्ययन गर्नाले दिगो सिकाइ हुन्छ ।

    १४) आफूभन्दा राम्रो तयारी गरेको साथीसँग छलफल गरेर पढ्नाले कतिपय कुराहरू स्पष्ट र स्थायी हुन्छन् ।

    १५) परीक्षालाई सहज सामना गर्ने मानसिकताका साथ शारीरिक, मानसिक, खानपान, आहार विहार सन्तुलित र सहज हुनुपर्दछ ।

    १६) डर, त्रास तथा अनिदो बस्ने तनाव लिनेलगायत नकारात्मक प्रवृतिबाट टाढै रहनु पर्दछ ।

    १७) कुन विषय र क्षेत्रमा आफ्नो राम्रो दख्खल र कुनमा कमजोर छु भन्ने जानकारीको आधारमा अध्ययनको समय र सामग्रीको चयन गरिनु बुद्धिमानि ठहर्छ ।

    १८) परीक्षा हलमा समयमा नै प्रवेश गर्ने तथा लुगा आदि ड्रेसअप पनि सहज र साधारण हुनुपर्दछ ।

    १९) बहुवैकल्पिक प्रश्नहरूको उत्तरमा चिन्ह लगाउँदा निर्देशनअनुसार एकै किसिमका लगाउने (रेजा वा गोलो घेरा) ।

    २०) सम्भावित आफूलाई कन्फयुज लागेको उत्तरमा हतार गरेर एकै पटक स्थायी चिन्ह नलगाउने, सानो संकेत राखेर अरू सही उत्तरको बारेमा सोचेर यकिन गर्ने ।

    २१ माथिका सबै भन्ने उत्तरहरू प्रायः सही हुन सक्छन् ।

    २२) माथिका कुनै पनि होइन भन्ने उत्तरहरू प्रायः गलत हुन सक्छन् ।

    २३) दोहोरो नकारात्मक प्रश्नहरूले झुक्याउने भएकोले सचेत हुने ।

    २४) लामो प्रकृतिका उत्तरहरू प्रायः सही हुन्छन् ।

    २५) समयको व्यवस्थापन राम्रोसँग गर्ने यदि कुनै प्रश्नको उत्तर १ मिनेटमा दिन नसक्ने भए छोडेर पछि हल गर्ने ।

    २६) प्रश्नहरू हल गरिसकेपछि थोरै समय पुनरावलोकनका लागि पनि छुट्याउन बिर्सनु हुँदैन ।

    २७) कतिपय प्रश्नका उत्तरहरू त्यही प्रश्नपत्रको अन्य प्रश्न वा उत्तरहरूसँग पनि मिलेको हुन सक्छन् चनाखो हुने ।

    २८) यदि आफूलाई उत्तर यकिन भएन र गलत उत्तरमा चिन्ह लगाएबापत पेनाल्टीको प्रावधान नभएमा अन्दाजको भरमा पनि चिन्ह लगाउने र कुनै पनि प्रश्न नछोड्ने ।

    २९) एकपटक चिन्ह लगाइसकेपछि त्यही प्रश्नको उत्तरमा फेरि केरमेट गरेर अर्को चिन्ह लगाउनुको कुनै अर्थ छैन ।

    प्रकाशित मिति :मंसिर १७ २०७८ शुक्रवार - १६:२४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij